Headline

सान्चोको मुल्य १०० मिलियनबाट नघटाउने डर्टमण्डको अडान

Published

on

बोरुसिया डर्टमण्डले आफ्नो स्टार खेलाडी जेडन सान्चोको मुल्य १ सय मिलियन पाउण्डबाट नघटाउने अडान लिएको छ ।

सान्चोको डर्टमण्डसँगको सम्झौता सन् २०२२ सम्मको रहेको छ तर पनि उनी इङ्गलिस प्रिमियर लिगमा जान चाहन्छन् । त्यस्तै उनलाई आबद्ध गर्न म्यानचेस्टर युनाइटेड र चेल्सी आतुर रहेका छन् । तर डर्टमण्ड भने सान्चोलाई बेच्न कुनै पनि रकम छुट दिने पक्षमा छैन ।

केहि समय घाइते भएका कारण मैदान बाहिर रहेका २० बर्षिय सान्चोले यो सिजन बुन्डेसलिगा क्लब डर्टमण्डको लागि २१ खेल खेल्दै १४ गोल गरेका छन् भने १६ असिस्ट पनि गरिसकेका छन् ।

सन् २०१७ मा म्यानचेस्टर सिटी यु–१८ टोलीबाट ७ दशमलब ८४ मिलियन युरोमा डर्टमण्ड पुगेका सान्चोको हालको बजार भाउ १ सय १७ मिलियन युरो रहेको छ । तर कोरोना भाइरसका कारण क्लबहरुमा मन्दि आएपछि उनीमाथि तोकिएको मुल्य खर्चन असमर्थ रहेका छन् ।

यस अघि सान्चोलाई आबद्ध गराउन इच्छुक रहेको युनाइटेडका उपाध्यक्ष एड उडवार्डले पनि अहिलेको क्लबहरुको अवस्थालाई हेर्दा उनको मुल्य निकै महँगो रहेको र कुनै पनि क्लबले यो रकम तिर्न नसक्ने धारणा राखेका थिए । सान्चोमा रुचि देखाएको चेल्सीको पनि हालत युनाइटेडको भन्दा कम छैन ।

Click to comment

Trending