Headline

कोहली १०० धनी खेलाडीको सुचीमा पर्ने एकमात्र क्रिकेट खेलाडी 

Published

on

भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहली फोर्ब्सको १०० धनी खेलाडीको सुचीमा पर्ने एकमात्र क्रिकेट खेलाडी रहेका छन् ।
फोर्ब्सले निकालेको सुचीमा कोहली कुल २६ मिलियन सहित ६६औं स्थानमा रहेका छन् । गत बर्ष कोहलीले २४ मिलियन विभिन्न कम्पनीको ब्रान्ड एम्बेसडर भए बापत तथा दुई मिलियन डलर खेल बापत आम्दानी गरेका थिए ।     
कोहली सन् २०१८ मा फोर्ब्सको १०० धनी खेलाडीको सुचीमा ८३ औं स्थानमा रहेका थिए भने सन् २०१९ मा झरेर १०० औं स्थानमा थिए ।
कोहलीको आम्दानीको मुख्य श्रोत भनेको फेसन, प्रविधि र गाडीहरुको ब्रान्ड एम्बेसडर भए बापत रहने गरेको छ । उनी पुमा, अमेरिकन टुरिस्टर, उबर, भिक्स तथा औडी जस्ता विश्व चर्चित ब्रान्डका ब्रान्ड एम्बेसडर हुन् ।
धनी खेलाडीको सुचीमा पर्ने अन्य खेलाडी यस प्रकार रहेका छन् । हेर्नुहोस् भिडियोमा

Click to comment

Trending