Headline

रोहित शर्मा राजिब गान्धी खेल रत्नका लागि मनोनित 

Published

on

भारतीय क्रिकेट टोलीका उपकप्तान तथा ओपनर ब्याट्सम्यान रोहित शर्मालाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले राजिब गान्धी खेल रत्न अवार्डका लागि मनोनित गरेको छ ।
भारतको सबैभन्दा ठुलो खेलकुद राजिब गान्धी अवार्ड जीतेको खण्डमा रोहित मास्टर ब्लास्टर सचिन तेन्दुलकर, पुर्व कप्तान महेन्द्र सिंह धोनी तथा हालका कप्तान पछाडी चौथों क्रिकेट खेलाडी बन्ने छन् ।
बीसीसीआईले रोहितले गत बर्ष गरेको प्रदर्शनका लागि मोनोनित गरेको हो । रोहितले गत बर्ष पहिलो पटक टेस्टमा ओपनिङ गर्दै पाँच टेस्टमा ९२ दशमलब ६६ को औषतमा पाँच सय ५६ रन बनाएका थिए । त्यस्तै उनले एकदिवसीयमा ५७ दशमलब तीन शुन्यको औषतमा १६ सय ५७ रन बनाएका थिए भने सन् २०१९ को विश्वकपमा क्रितिमानी पाँच शतक प्रहार गरेका थिए ।
त्यस्तै बीसीसीआईले तिब्र गतिका बलर इशान्त शर्मा, ओपनिङ ब्याट्सम्यान शिखर धवन तथा महिला टोलीकी अलराउण्डर दिप्ती शर्मालाई पनि अर्जुन अवार्डका लागि मनोनित गरेको छ ।

Click to comment

Trending