Headline

उदीयमान ह्याभर्ट्जको बुन्डेसलिगामा अर्को किर्तिमान

Published

on

काई ह्याभर्ट्ज वर्तमान बिश्व फुटबलका उदीयमान खेलाडीहरु मध्ये पर्दछन् । जर्मन बुन्डेसलिगामा नर्वेका १९ बर्षिय एर्लिङ्ग हालान्डले डर्टमण्डको लागि उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जितिराख्दा बायर लेभरकुसनका २० बर्षिय फर्वार्ड काई ह्याभर्टजले पनि उत्तिकै प्रशंसा बटुलिरहेका छन् ।

शुक्रबार बुन्डेसलिगामा भएको एक मात्र खेलमा ह्याभर्ट्जको एक मात्र गोलको मद्दतमा लेभरकुसन फ्राइबर्गलाई १– ले पराजित गर्दै लिगको तेश्रो स्थानमा उक्लियो । २९ खेलबाट ५६ अंक रहेको दोश्रो स्थानको बोरुसिया डर्टमन्डभन्दा एक अंकले पछाडी छ भने आरबी लाइपजिगको ५५ र बोरुसिया मोइनचेनग्ल्याडब्याचको ५३ अंक रहेको छ ।

शिर्ष स्थानको बायर्न म्युनिखको ६४ अंक रहेको छ । लेभरकुसले एक खेल बढी खेलेको छ भने अब कम्तिमा जुन २ सम्म तेश्रो स्थानमा कायम नै रहनेछ ।

शुत्रकारको खेल भने युवा खेलाडी ह्याभर्टजका लागि बिशेष रह्यो । अर्का युवा खेलाडी लियोन बेलीले निकालेको पासमा गोल गर्दै ह्याभर्ट्जले बुन्डेसलिगा इतिहासमा २१ बर्ष पुग्नुअघि ३५ गोल गर्ने पहिलो खेलाडी भए । जर्मन फुटबलर ह्याभर्ट्ज यसअघि नै बुन्डेसलिगामा ५० र १ सय खेल खेल्ने सबैभन्दा कान्छा खेलाडी भइसकेका छन् ।

२०१७ मा लेभरकुसनका लागि गोल गर्दै बुन्डेसलिगाकै कान्छा स्कोरर पनि भएका थिए । कोरोना भाइरसले स्थगित बुन्डेसलिगा फर्किएपछि खेलिएका पाँच खेलहरुमा ह्याभर्ट्जले चार गोल गरिसकेका छन् ।

Click to comment

Trending