Corona Virus

टेस्टमा सब्स्टिच्युट प्रयोग गर्ने तयारीमा इङ्गल्याण्ड

Published

on

इङ्गल्याण्डले अब खेल्न गइरहेको वेष्ट इण्डिज र पाकिस्तानबिरुद्धका टेस्ट श्रंखलाहरुमा स्थानान्तरण खेलाडी (सब्स्टिच्युट) को प्रयोग गर्न सक्ने भएको छ ।

कोरोना भाइरसलाई मध्येनजर सब्स्टिच्युट खेलाडीको प्रयोग गर्नका लागि इङ्गल्याण्ड र वेल्स क्रिकेट बोर्डले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलसँग छलफल गरिरहेको छ । महामारीकै न्युनिकरण गर्नका लागि आईसिसिले बल चम्काउनका लागि थुकको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

आईसिसिले केही दिन अघि मात्रै ब्याक टु क्रिकेट नाम दिदै खेलमा फर्कनका लागि लामै स्वास्थ्य निर्देशिका सार्वजनिक गरेको थियो । वर्तमान अवस्थानमा क्रिकेटमा एक कारणले मात्र खेलाडी परिवर्तन गर्न सकिनेछ । कुनै पनि खेलाडीले चोटका कारण होस गुमाएको स्थितिमा मात्र टिमले खेलाडी स्थानान्तरण गर्न पाउनेछ ।

अन्य चोट वा बिमारीका कारण सब्स्टिच्युटमा फिल्डर त आउछन् तर उनले बलिङ्ग अथवा ब्याटिङ्ग गर्न भने पाउदैनन् । आईसिसिले स्विकृति दिएको स्थितिमा इङ्गल्याण्डले चाहेको सब्स्टिच्युटको प्रावधान टेस्टमा मात्र कायम हुनेछ भने एकदिवसीय र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा यसको व्यवस्था गरिने छैन ।

“आईसिसिको हकमा कोभिड–१९ सब्स्टिच्युटको बिषयलाई लिएर अझै केही कुराहरुमा सहमतिमा आउन बाकी रहेको छ,” इसिबि प्रतियोगिता निर्देशक स्टिभ एल्वर्दीले भने । जुलाईमा टेस्ट सिरिज शुरु हुनुभन्दा अगाडी यो लागु होला भन्ने हामीहरु आशा गरिरहेका छौं ।

इसिबीले आफ्नो परिवर्तित तालिका शुक्रबार सार्वजनिक गर्न गइरहेको थियो तर अब कम्तिमा पनि सोमबारसम्म कुर्नु पर्नेछ । जुन महिनाका लागि तय भएको वेष्ट इण्डिजबिरुद्धको श्रंखला अब जुलाईबाट शुरु हुन सक्नेछ । त्यसपछि इङ्गल्याण्डले आयरल्याण्डसँग एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ भने पाकिस्तानले पनि भ्रमण गर्नेछ । सबै खेलहरु बन्द रंगशालामा हुनेछन् ।

शुक्रबार इङ्गल्याण्डले प्रशिक्षणका लागि ५५ खेलाडीको नाम सार्वजनिक गरेको थियो ।

Click to comment

Trending