Corona Virus

स्पेनिस ला लिगा पनि जुन ११ देखि शुरु हुने भयो

Published

on

स्पेनिस ला लिगा कोरोना भाइरसले रोकिएको लामो अन्तरालपछि जुन ११ देखि सुचारु हुने भएको छ ।

लिगका अध्यक्ष हाभियर टेबासले बन्द रंगशालामा हुने डर्बि खेलमा रियल बेटिस र सेभिया खेल्दै ला लिगा सुचारु गर्ने जानकारी दिए भने अर्को सिजन त्यसको तीन महिनापछि नै सेप्टेम्बर १२ मा शुरुवात गरिने पनि बताए ।

“हामी तैयार छौ र महत्वपूर्ण कुरा भनेको हामीले लिग समापन गर्ने दिन नै हो,” स्पेनिस पत्रिका मार्कालाई टेबासले जानकारी दिएका छन् । टेलिभिजनमा प्रत्यक्ष हेर्ने दर्शकहरुका लागि पनि फरक अनुभव गराउन श्रब्यदृश्य परिक्षण पनि भइरहेको उनले बताए ।

उनका अनुसार घरमा टिभि हेरर बसेका दर्शकहरुका लागि दुई बिकल्प रहेका छन् : पहिलो खाली रंगशालाको शान्त वातावरण नै चुनेर फुटबल हेर्ने र दोश्रो दर्शकहरुको हल्ला पनि सुनिने गरि प्रत्यक्ष प्रशारण हेर्ने ।

शनिबार स्पेनि प्रधानमन्त्री पेद्रो साञ्चेजले जुन ८ मा देशको माथिल्लो दुई श्रेणीको फुटबल प्रतियोगिता सुचारु गर्न स्विकृति दिएका थिए । ला लिगका खेलाडीहरुले गत साता देखि १० जनाको समुहमा सिमित रहेर प्रशिक्षण गर्दै आइरहेका छन् ।

मार्च १२ देखि कोरोनाका कारण स्थगित लिग पुन सुचारु गर्नका लागि अर्को लक्ष्य भनेको पूर्ण प्रशिक्षण गर्नु रहेको टेबासले बताउदै आएका छन् । यो सिजनका ११ खेलहरु बाकी रहेको स्थितिमा बार्सिलोनाले रियल म्याड्रिडलाई दुई अंकले पछि पार्दै आएको छ ।

युरोपका चार प्रमुख लिगहरु मध्ये जर्मन बुन्डेसलिगा सञ्चालनमा आइसकेको छ भने इङ्गलिस प्रिमियर लिग जुन १७ देखि सुचारु गरिदैछ । शुक्रबार नै इटालीले सिरी आ जुन २० देखि सञ्चालन गर्ने भनेको थियो ।

Click to comment

Trending