Headline

‘पाताल लोक’ का कारण अनुष्कालाई डिभोर्स दिन कोहलीलाई भारतीय नेताको आग्रह

Published

on

भारतमा मिश्रित प्रतिक्रिया पाइरहेको वेब सिरिज पाताल लोक बनाएको कारण नै भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीलाई उनकी पत्नी तथा बलिउड नायिका अनुष्का शर्मालाई डिभोर्स दिन एक भारतीय राजनीतिज्ञले सुझाव दिएका छन् ।

पाताल लोक ‘ओभर दि टप (ओटिटि) प्लेटफर्म अमेजन प्राइम भिडियोज’ मा प्रशारित एक वेब सिरिज हो जसकी निर्माता अनुष्का रहेकी छिन् । एक समुहले पाताल लोकले भारतको यथार्थलाई चित्रण गर्न सफल भएको भन्दै अनुष्कालाई बधाईको ओइरो आएको छ भने अन्य केही समुहले हिन्दु भावनामा नराम्ररी ठोस पुर्याएको भन्दै बिवादको घेरामा उभ्याएको छ ।

भारतको सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) नेता तथा सांसद नन्दकिशोर गुर्जरले पाताल लोकको भत्सर्ना समेत गरेका छन् । उत्तर प्रदेशका सांसद गुर्जरले पाताल लोक राष्ट्रघाती रहेको भन्दै अनुष्काबिरुद्ध देशद्रोहको मुद्दा समेत दायर गरेका छन् । गुर्जरले राष्ट्रिय सुरक्षा ऐन अन्तर्गत अनुष्काबिरुद्ध साम्प्रदायिक सद्भावमा खलल पुर्याएको आरोपन मुद्दा दायर गर्न पनि आग्रह गरेका छन् ।

यतिमात्र नथामिएका गुर्जरले भारतीय कप्तान कोहलीलाई अनुष्कासँग सम्बन्ध बिच्छेद गर्दै एक बलियो सन्देश दिन पनि आग्रह गरेका छन् । कोहलीले अनुष्काको यो कदम स्विकानै नहुने गुर्जर बताउछन् ।

पाताल लोकको एक दृश्य जसमा नेपाली भाषी महिलालाई यी शब्द प्रयोग गरिएका छन्

“देशभन्दा ठूलो कोही पनि हुन सक्दैन । बिराट कोहली देशको लागि खेल्छन् र उनी देशभक्त हुन् । उनले अनुष्कासँग तुरन्तै सम्बन्ध बिच्छेद गर्नुपर्छ,” एक भारतीय अनलाईनलाई अन्तर्वार्ता दिने क्रममा गुर्जरले भने । पाताल लोकको निर्माण क्लिन स्लेट फ्लिम्जले गरेको हो जसको मालिक अनुष्का र उनका भाई कर्नेश हुन् । गुर्जरले उक्त कम्पनीलाई पनि भारतमै ब्यान गर्नुपर्ने बताउदै आएका छन् ।

गुर्जरले वेब सिरिजमा बिजेपी नेताहरुको तस्विर गलत आशयका साथ प्रयोग गरिएको आरोप पनि लगाएका छन् । एउटा सिनमा सिरिजमा नकारात्मक भुमिकामा रहेका नेता बालकृष्ण बाजपायीको तस्विर देखाउने क्रममा गुर्जरको तस्विर प्रयोग गरिएको छ । तस्विरलाई फोटोसप मार्फत अर्को रुपमा दिने कोशिश गरिएपनि गुर्जर स्पष्ट रुपमा देखिन्छन् ।

पाताल लोकले भारत मात्र नभइ नेपालमा पनि नकारात्मक प्रतिकृया पाएको छ । एक महिला प्रहरीले नेपाली भाषी यौनकर्मीलाई नेपालसँग जोडेर गरेको तुच्छ सम्बोधनले नेपाली समुदायको भावनामा चोट पुर्याएको भन्दै नकारात्मक टिप्पणीहरु बाहिर आएको छ ।

मे १८ मा अखिल अरुणाचल प्रदेश गोर्खा युवा संघले उक्त दृश्यको बिरोधमा अनुष्काबिरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा गुनासो दायर गरेको थियो भने अर्को समुहले एफआईआर दर्ता गर्दै उक्त दृश्य हटाउन पनि माग गरेको थियो ।

Click to comment

Trending