Headline

एफए कपको मिति सार्वजनिक, फाइनल अगष्ट १ मा

Published

on

कोरोना भाईरसका कारण रोकिएको विश्वकै पुरानो फुटबल प्रतियोगिता एफए कप पुन सुचारु हुने भएको छ । इङ्गलिस फुटबल एशोसिएसनले बाँकी रहेका खेलहरुको तालिका शुक्रबार सार्वजनिक गरेको हो ।

जुन २७ मा पुन शुरु हुने प्रतियोगिताको फाइनल भने अगस्ट १ मा हुने छ । प्रिमियर लिग जुन १७ मा हुने निशिचत भएपछि त्यसकै आधारमा एफएले नयाँ तालिका सर्वजनिक गर्दै प्रतियोगितालाई सम्पन्न गराउन लागेको हो ।

चार क्वार्टर फाइनल बाँकी रहेको एफए कपमा लेस्टर सिटिले चेल्सी, न्युकासल युनाइटेडले म्यानचेस्टर सिटी, सेफिल्ड युनाइटेडले आर्सनल र नर्विच सिटीले म्यानचेस्टर युनाइटेडको समाना गर्नेछ । खेलहरु जुन २७ र २८ तारिखमा हुने एफएको तालिकामा उल्लेख छ । सबै खेलहरु बन्द रंगशालामा हुने पक्का भइसकेको छ ।

समय र प्रत्यक्ष प्रशारण कुन टेलिभिजन च्यानलले गर्ने बिषय भने अझै टुँगो लाग्न बाकी नै छ । क्वार्टर फाइनका खेलहरु सक्किएपछि सेमीफाइनलका खेलहरु जुलाई ११ र १२ मा खेलाइने छ । सेमिफाइल र फाइनलको आयोजना स्थाल पक्का नगरिएपनि परम्परागत रुपमा एफए कपको फाइनल लण्डनस्थित वेम्बली स्टेडियममा हुदै आएको छ ।

Click to comment

Trending