Headline

इटालीयन सिरी आ जुन २० देखि सुचारु हुने

Published

on

कोरोना भाइरसका कारण तीन महिना रोकिएको इटालियन सिरी आ जुन २० मा सुचारु हुने भएको छ ।

इटालिका खेलकुद मन्त्री भिन्सेन्जो स्पाडफोराले इटालियन फुटबल महासँघले खतरमुक्त लिग सञ्चालन गर्न सक्षम रहेको आश्वासन दिएपछि मन्त्रालयले सिरी आ का लागि स्विकृति दिएको बताएका छन् ।

|लिगको प्राविधिक र बैज्ञानिक समितिले हामीले दिएका सबै प्रोटोकोलमा सहमति जनाउदै प्रतियोगिता सञ्चालनका लागि तीन वटा सम्म योजना रहेको बताएको छ । यसलाई मध्ये नजर गर्दै अब लिग सुचारु गर्न हामीले स्विकृति दिएको छौं,” स्पाडफोराले बताए ।

खेलकुद मन्त्रीले सिरी आ शुरु गर्नु अघि इटालियन कपका सेमिफाइनल म्याचहरु खेलाउन सकिने पनि बताए । इटालियन कपको सेमिफाइनलमा इन्टर मिलना र नापोली तथा एसि मिलना र युभेन्टसबीच खेल हुन बाकी रहेको छ ।

“इटाली बिस्तारै सामान्य जीवनमा फर्कन शुरु गरिरहेको छ र फुटबल पनि आफ्नो सामान्यमा फर्किनु पर्छ,” इटालीयन कपका सेमिफाइनलहरु जुन १३ र १४ गते गराउने योजना रहेको बताउदै स्पाडफोराले भने ।

सिरी आ सँगै युरोपका सबै चार प्रमुख लिगहरु कोरोना पछि सञ्चालनमा आउने भएका छन् । जर्मनीको बुन्डेसलिगा यसअघि नै सञ्चालनमा आइसकेको छ भने इङ्गलिस प्रिमियर लिग जुन १७ का लागि तय गरिएको छ । स्पेनिस लिग पनि जुन ८ मा गर्ने तयारी स्पेनले गर्दै आइरहेको छ ।

Click to comment

Trending