Corona Virus

१ सय २४ बर्षमा पहिलो पटक बोस्टन म्याराथन रद्द

Published

on

संसारकै सबैभन्दा पुरानो बार्षिक रोड रेस प्रतियोगिता बोस्टन म्याराथन स्थापना काल पछि पहिलो पटक रद्द गरिएको छ ।

१८९६ को ओलम्पिक्समा समावेश गरिएको पहिलो म्याराथन इभेन्टले सफलता प्राप्त गरेको १ बर्षपछि नै बोस्टन म्याराथनको आयोजना गरिएको थियो । त्यस यता यो म्याराथन दुई वटा बिश्व युद्ध र अमेरिकाको ग्रेट डिप्रेसनको समयमा पनि हुदै आएको थियो ।

तर कोरोना भाइरसको महामारीका कारण बोस्टन म्याराथन पहिलो पटक स्थगित गरिएको छ । अप्रिल २० मा हुने गरेको बोस्टन म्याराथन २०२० मा सेप्टेम्बर १४ का लागि सारिएको थियो । तर अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख कट्दा पनि महामारी नरोकिदा रद्द गर्नु परेको छ ।

बोस्टनका मेयर मार्टि वाल्सले सर्वसाधारणको स्वास्थ्लाई मध्ये नजर गर्दै म्याराथन रद्द गरिएको बताएका छन् । ठूलो संख्यामा मानिसहरुलाई एक अर्काको नजिक नराखी यो म्याराथन आयोजना नै गर्न सकिदैन, वाल्सले बताए ।

पहिलो संस्करणमा १५ जनाको मात्र सहभागिता रहेको बोस्टन म्याराथनमा अहिलो औषतमा ३० हजार जनाले भाग लिने गर्दछन् । म्याराथन शुरु भएको १ सयौं बर्ष, अर्थात १९९७ मा, किर्तिमानी ३८ हजार ७ सय ८ ले आफ्नो नाम लेखाएका थिए भने ३५ हजार ८ सय ६८ ले फिनिसिङ्ग लाइन पार गरेका थिए ।

म्याराथनलाई प्रत्यक्ष रुपमा ५ लाख मानिसले हेर्ने गरेका छन् । केन्याका लरेन्स चेरोनो र इथियोपियाकी वोर्कनेस डेजिफाले अघिल्लो बर्षको पुरुष तथा महिला उपाधि जितेका थिए ।

Click to comment

Trending