Trending

खेलकुद बजेट दुई अर्ब ३६ करोड  

Published

on

कोरोना भाईरस महामारीकाबीच सरकारले आर्थिक वर्ष २०७७–७८ बजेट घोषणा गरेको छ ।

यो पटकको बजेटमा भने खेलकुद लागि दुई अर्ब ३६ करोडको बजेट बिनियोजन गरिएको छ । जेठ २ गते आर्थिक वर्ष २०७७–७८ को आर्थिक निति तथा तथा कार्यक्रम प्रस्तुत भए लगतै बिहिबार त्यस क्षेत्रमा हुने बजेट भाषण भएको हो ।

४ बजे संघिय संसदमा अर्थमन्त्री डक्टर युवराज खतिवडाले अर्थिक वर्ष २०७७–७८ को बजेट प्रस्तुत गरेका छन् ।

नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीले आगामी वर्षका लागि खेलकुदले प्राप्त गर्ने बजेटको निति तथा कार्यक्रमा प्रस्तुत गरेकी थिइन् ।

यस बर्षको आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रमले १३ औं दक्षिण एशियाली खेलकुदमा प्राप्त ऐतिहासिक सफलताको संज्ञा दिँदै राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि भई पदक जित्न सकने गरी खेलाडीहरुको क्षमता विकास गर्न, अन्तर्राष्ट्रिय मैदान र क्रिकेट रंगशालाको निर्माणको लागि बजेट बिनियोजन भएको छ ।

स्थानिय, प्रादेशिक र राष्ट्रिय स्तरमा सुविधासम्पन्न खेलकुद पूर्वाधारको निर्माण तथा स्तरोन्नतीको कार्यलाई निरन्तरता दिदै खेलकुद सम्बन्धिको निति तथा कार्यक्रममा उच्च पर्वतिय तालिम केन्द्र स्थापना गरिने युवराज खतिवडाले बाताए ।

यसैगरी निजि स्तरको पहलमा थालिएको खेलकुद पूर्वाधारको कार्यलाई प्रोत्साहन गरिने,कर्नाली प्रदेसमा खेल्कुद गतिविधी बढाउने, र नवौँ राष्ट्रिय खेल्कुदका लागि पनि बजेट बिनियोजन गरेको अर्थमन्त्री युवराज खतिवडाले जनाएका छन् ।

खेलकुद क्षेत्रको निम्ति छुट्याएईएको सिलिङ्ग खेलकुद मन्त्रालय स्रोतका अनुसार गत वर्षको भन्दा एक तिहाइमात्र बिनियोजन भएको हो ।

Click to comment

Trending