Headline

फ्रेन्च ओपन दर्शकको उपस्थितीमा हुने

Published

on

बर्षको तेश्रो ग्रान्ड स्ल्याम टेनिस फ्रेन्च ओपनमा दर्शकलाई प्रवेश दिइने भएको छ ।

रोल्याण्ड ग्यारोका प्रमुखहरुले कोरोना भाइरसका कारण सामाजिक दुरी कायम राख्न पर्ने नियम अँगाल्दै दर्शकको उपस्थितीमा खेल खेलाइने ठोकुवा गरे । तर यस अघि फ्रेन्च टेनिसका प्रमुख बर्नार्ड जुडिसेलीले फ्रेन्च ओपन दर्शक बिना नै खेलाइन सक्ने बताएका थिए ।

यस अघि मे २४ देखि जुन ७ सम्म आयोजना गर्ने भनिएको फ्रेन्च ओपन विश्वभर फैलिएको कोरोनाका कारण मिति सर्दै सेप्टेम्बर २० देखि अक्टोबर ४ सम्मका लागि नयाँ मिति तय गरिएको छ । एक मात्र क्ले कोर्ट ग्रान्ड स्ल्याम फ्रेन्च ओपन हेर्नका लागि पाँच लाख भन्दा बढी दर्शकको उपस्थिती रहेने गरेको यस अघि नै फ्रेन्च टेनिसले बताएको थियो ।

कोरोनाका कारण मार्चको मध्यबाट टेनिसका कुनै पनि प्रतियोगिता आयोजना हुन सकेका छैनन् भने छिटोमा जुलाईको १३ बाट मात्र आयोजना हुनेछन् ।

कोरोनाका नै कारण दोश्रो विश्व युद्ध पछि पहिलो पटक विम्बल्डन पनि यस बर्षका लागि रद्द भएको छ भने अगष्ट–सेप्टेम्बरमा आयोजना हुने युएस ओपन पनि समयमा नै हुने सम्भावना पनि कम रहेको छ ।

Click to comment

Trending