Headline

सबैभन्दा कम उमेरमा बालन डि ओर जित्ने पाँच खेलाडी

Published

on

५. ओलेग ब्लोखिन – २३ बर्ष, १ महिना र २५ दिन

ओलेग ब्लोखिन तत्कालिन सोभियत संघ फुटबल टिम र आफ्नो क्लब डायनामो किभका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । सन् १९७० देखि १९८० को बीचमा उनी क्लबको मात्र नभई देशका पनि निकै नै उत्कृष्ट खेलाडी थिए । देश र क्लबका लागि गरेको प्रदर्शनका लागि उनले सन् १९७५ मा बालोन डि ओर जितेका थिए । बालोन डि ओर जित्दा उनी मात्र २३ बर्ष, एक महिना र २५ दिनका थिए ।

हाल ६७ बर्षिय ब्लोखिनले खेल जिवन पछि प्रशिक्षणमा बिताए भने आज पनि उनलाई सम्मान र इज्जत दिने गरिन्छ र समर्थकको आदर्शका पात्र पनि रहेका छन् ।

४. जर्ज बेस्ट – २२ बर्ष, ७ महिना र २ दिन

जर्ज बेस्टले मैदान बाहिर देखाउने गरेको नाटकको कारणले नै लामो समय बिश्व फुटबलको सर्वोच्च स्थानमा निकै कम समय मात्र रहेका थिए । तर सन् १९६४ देखि १९७२ सम्मको समयमा उनी विश्वको उत्कृस्ट खेलाडी मध्य एक थिए । जब उनले सन् १९६८ मा बालन डि ओर जिते उनको उमेर मात्र २२ बर्ष, ७ महिना र २ दिनको रहेको थियो ।

३. लियोनेल मेस्सी – २२ बर्ष, ५ महिना र ७ दिन

अर्जेन्टिना वा बार्सिलोना मात्र नभएर विश्वका नै उत्कृष्ट खेलाडी हुन् लियोनेल मेस्सी । सन् २००९ मा बार्सिलोनालाई स्पेनिस ला लिगा, फिफा क्लब विश्वकप र युईएफए च्याम्पियन्स लिग दिलाउन मुख्य भुमिका खेलेका कारण उनले बालन डि ओर जितेका थिए ।

सन् २००९ मा पहिलो पटक बालन डि ओर जित्दा उनी २२ बर्ष, ५ महिना र ७ दिनका रहेका थिए भने त्यस पछि उनले ६ पटक यो प्रतिष्ठित पुरस्कार जितिसकेका छन् । ३२ बर्षिय मेस्सीले जुन हिसाबको प्रदर्शन गर्दै आएका छन् उनले खेल जीवनबाट सन्यास लिनु अघि एक वा दुई जोड्न सक्नेमा कुनै शंका नै छैन ।

२. माइकल ओवेन – २२ बर्ष र ४ दिन

विश्वका उत्कृष्ट स्ट्राइकरको नाम लिंदा शायदै माइकल ओवेनको नाम आउने गर्ला तर सन् १९९७ देखि २००५ सम्मको समयका उनी उत्कृष्ट गोल कर्ता थिए । ओवेन खेल जीवनको उच्च फर्ममा रहदा आफ्नो गतिले बिरोधि टोलीलाई आच्छु आच्छु पार्ने गर्दथे । सन् २०००–२००१ को सिजनमा आफ्नो क्लबका लागि उत्कृष्ट प्रदर्शन गरेका कारण बालन डिओर जित्दा उनी २२ बर्ष र चार दिनका थिए ।

१. रोनाल्डो – २१ बर्ष, ३ महिना र ५ दिन

विश्वका उत्कृष्ट स्ट्राइकर मध्येका एक हुन् ब्राजिलका रोनाल्डो । यदि उनी आफ्नो खेल जीवनको शुरुवाती दिनमा नै घाइते हुँदैन थिए भने उनको नाम मेस्सी र पोर्चुगलका क्रिष्चियानो रोनाल्डो भन्दा अगाडी आउने थियो । विभिन्न चोटका बाबजुद उनले तीन पटक फिफा बर्ष खेलाडी र दुई पटक बालन डि ओर जितेका थिए । पहिलो पटक सन् १९९७ मा बालोन डि ओर जित्दा उनी २१ बर्ष, ३ महिना र ५ दिनका थिए ।

Click to comment

Trending