Headline

बराबरीमा रोकिएको लाइपजिग दोश्रो स्थान लिन चुक्यो

Published

on

सिजनको सुरुवाती दिनहरुमा धेरै राम्रो प्रदर्शन गर्दै बुन्डेसलिगाको उपाधि होडमा आफुलाई स्थापित गरेको आरबी लाइपजिगको प्रदर्शन अहिले खस्किदै गएको छ ।

बुधबारको खेलमा १० खेलाडीमा समेटिएको लाइपजिगलाई हर्था बर्लिनले २–२ गोलको बाराबरीमा रोक्न सफल भयो । बराबरीसँगै लाइपजिगले दोश्रो स्थानमा जाने मौका पनि गुमाएको छ । जित हात पारेको खण्डमा ५७ अंकका साथ लाइपजिगले गोल अन्तरको आधारमा बोरुसिया डर्टमण्डलाई तेश्रो स्थानमा धकेल्ने थियो ।

शिर्ष स्थानमा रहेको बायर्न म्युनिखको २८ खेलबाट ६४ अंक रहेको छ ।

पहिलो हाफको नवौँ मिनेटमा मार्को ग्रुजिचको गोलमार्फत अग्रता लिएको थियो । २४ औँ मिनेटमा लुकास क्लोस्टरमनले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरी टुँगियो । ६३ औं मिनेटमा मार्केल हाल्स्टेनबर्गले दोश्रो पहेलो कार्ड खाएपनि लाइपजिग १० खेलाडीमा सिमित भएको थियो ।

एक खेलाडी गुमाएपछि दबाबमा लाइपजिग दवाबमा त आयो तर प्याट्रिक सिकले ६८ औं मिनेतमा गोल गरेपछि उसले २–१ को अग्रता बनायो । ८२ औँ मिनेटमा हर्थाका क्रिस्टोफ पाएटेकले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा टुँगाएको थिए ।

अन्य खेलहरुमा भने अस्बर्ग र पेडरबर्नले गोलरहित बराबरी खेले भने फोर्टुना डसलडर्फले साल्केलाई २–१ ले हरायो । होफेनहाइमले कोलोनलाई ३–१ र युनियन बर्लिनले माइन्जलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।

Click to comment

Trending