Headline

ब्रेट लीका लागि ज्याक कालिस सर्वोत्कृष्ट क्रिकेटर

Published

on

अष्ट्रेलियाका पूर्व तिब्र गतिका बलर ब्रेट लीले भारतीय ब्याटिङ्ग लिजेण्ड सचिन तेन्दुल्करलाई बिश्व कै उत्कृष्ट ब्याट्स्म्यान बताएपनि पुर्व दक्षिण अफ्रिकी अलराउण्डर ज्याक कालिसलाई इतिहासकै पुर्ण क्रिकेटरको रुपमा सवोत्कृष्ट घोषित गरेका छन् ।

जिम्बाब्वेका पुर्व क्रिकेटर तथा कमेन्टेटर पोमी एमबाङ्गवासँग कुरा गर्दै लिले सचिन वेष्ट इण्डिजका महान ब्याट्स्म्यान ब्रायन लारा अलिकतिले पछाडी पार्न सफल रहेको पनि बताए ।

“सचिनको बारेमा सोच्ने हो भने उनीसँग प्रशस्त समय रहेको थियो । सचिन रिटर्न क्रिजमा ब्याटिङ्ग गरिरहेको जस्तो देखिन्थे, त्यै भएर म बिरुद्ध खेल्नको लागि उनीसँग पर्याप्त समय हुन्थ्यो,” आफूले बलिङ्ग गरेका खेलाडी मध्येका उत्कृष्ट ब्याट्स्म्यान सचिन रहेको बताउदै उनले भने ।

“तर यदी ब्रायन लाराको कुरा गर्नु हुन्छ भने उनी जसरी पनि खेल्न सक्थे । एक बलरले जति सुकै तिब्र गतिमा बलिङ्ग गरोस उनी मैदनको सबैतिर छक्का हान्न सक्षम थिए,” उनले भने । सचिन र लारा एक किसिमले ब्याटिङ्ग दिग्गजहरुको एकै स्थानमा रहे पनि कालिसको स्थान कसैले लिन नसक्ने बाताए ।

“उत्कृष्ट ब्याट्सम्यानको कुरा गर्ने हो भने लारा र सचिन एकै ठाँउमा छन् । तर यदि तपाईं पूर्ण क्रिकेटरको कुरा गर्नु हुन्छ भने मेरो लागि सर्वोत्कृष्ट ज्याक कालिस हुन् ।”

कालिसले फास्ट बलिङ्ग अलराउण्डरको रुपमा आफ्नो करिअरलाई ३८ बर्षसम्म लम्बाएका थिए भने यस क्रममा उनी एक पटक पनि चुकेका थिएनन् ।

कालिस बिश्वका एक मात्र खेलाडी हुन् जसले ईतिहासमा ओडीआइ र टेस्ट दुबैमा १०,००० रन बनाउनु का साथै २५० विकेट पनि लिएका छन् । कालिसलाई क्रिकेट जगतमै उत्कृष्ट फिल्डरको रुपमा पनि हेर्ने गरिन्छ । उनले टेस्ट क्रिकेटमा २०० क्याच लिएका थिए ।

Click to comment

Trending