Headline

दोश्रो पटक सन्यास फिर्ता लिदै क्लाइस्टर्स कोर्टमा फर्कने

Published

on

पूर्व बिश्व नम्बर एक खेलाडी किम क्लाइस्टर्स ३७ बर्षको उमेरमा दोश्रो पटक सन्यास फिर्ता लिदै टेनिस कोर्टमा फर्किने भएकी छिन् ।

“म अझै पनि सकृय रुपमा टेनिसमा लाग्नको लागि उत्प्रेरित छु । कोरोनाका कारण रोकिएको यो सिजनका खेलहरु चाडै नै सुरु हुने आशा गर्दछु । प्रतियोगिताहरु यदि हुन नसक्ने हो भने पनि टेनिसमा फर्कने आफ्नो उद्देश्यबाट बिमुख हुने छैन,” क्लाइस्टर्सले भनिन् ।

क्लाइस्टसले युएस ओपन खेल्ने लक्ष्य बोकपनि कोरोना भाइरसका कारण प्रतियोगिता हुने नहुने बिषयमा केही टुँगो लाग्न सकेको छैन । यसले गर्दा क्लाइस्टर्सले आफ्नो पुनरागमनका लागि पनि कुर्नु पर्ने देखिन्छ । चार पटकको ग्रान्ड स्ल्याम बिजेता क्लाइस्टर्सले सन् २००७ मा सन्यास घोषणा गरेकी थिइन् ।

उनी सन्यास अघि र सन्यास फिर्ता लिए पछि पनि विश्व नम्बर एक महिला खेलाडी बन्न सफल भएकी थिइन् । आफ्नो पहिलो सन्तानका रुपमा छोरीलाई सन् २००८ मा जन्म दिएकी उनले फेरी २००९ पछि सन्यास फिर्ता लिएकी थिइन् ।

आफ्नो सन्यास अघि युएस ओपन जितेकी क्लाइस्टर्सले सन्यास फिर्ता लिए पछि एक पटक अस्ट्रेलियन ओपन र दुई पटक युएस ओपनको उपाधि हात पारेकी थिइन् । उनले फेरी सन् २०१२ मा सन्यास घोषणा गरेकी थिइन् । त्यस पछि उनले दुई छोरालाई जन्म दिएकी छिन् ।

“मलाई पहिले खेल्न पुगेको जस्तो लागेको थियो । जब मेरो तेश्रो बच्चा भयो मैलें कमेन्ट्री गर्न थालें । तर मलाई अझै पनि आफु भित्रको खेलाडी अझै जिउदै रहेको भान हुन थाल्यो । टेनिसको र्याकेट समात्नका लागि मेरो हात पनि चिलाइरहेको छ,” उनले भनेकी छिन् ।

Click to comment

Trending