Headline

डेर क्लासिकरः डर्टमण्डको उपाधि आशामा बायर्नको धक्का

Published

on

बुन्डेसलिगाको टाइटल डिसाइडर मानिएको खेलमा बायर्न म्युनिखले मिडफिल्डर जोसुवा किमिचको गोलको मद्दतमा बोरुसिया डर्टमण्डलाई १–० ले हराएको छ ।

सधैं ८५००० दर्शकले भरिने गरेको सिग्नल इडुना पार्कमा यो पटक भने खाली रंगशालामा बायर्नले आफ्नो चिर प्रतिद्वन्दीलाई पाखा लगाएको हो । डर्टमण्डलाई हराउने क्रममा किमिचले ४३ औं मिनेटमा गरेको खेलको एक मात्र गोल काफी थियो ।

किमिचले किङ्गसली कोमनले दिएको पासमा डिबक्स बहिराबाट उत्कृष्ट चिप गोल गर्दै बायर्नलाई आग्रता दिलाएका थिए । डर्टमण्डका गोलरक्षक रोमन बुर्की आफ्नो पोजिसन छोडी बाहिर आएको मौकामा किमिचले गोल गरेका थिए ।

खेलसँगै बायर्नले डर्टमण्डसँग सात अंकको दुरी कायम गरेको छ । बायर्नको घरेलु मैदान अलयाञ्ज एरिनामा भएको पहिलो लेगमा डर्टमण्ड ४–० गोलले पराजित हुन पुगेको थियो ।

यता अर्को खेलमा भने उल्फ्सबर्गले बायर लेभरकुसनलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्यो । अर्को रोमाञ्चक खेलमा फ्राइबर्गले फ्रांकफर्टलाई ३–३ गोलको बराबरीमा रोक्न सफल भएको छ ।

Click to comment

Trending