Corona Virus

दर्शक बिना खेल्ने सोच्न पनि सक्दिनः जोकोभिच

Published

on

हाल कोरोना भाइरसका कारण बिभिन्न खेलकुद गतिबिधि नै ठप्प छ । गत हप्ता मात्र जर्मन बुन्डेसलिगा खाली रंगशालामा खेलाउन शुरु गरिएको छ । त्यस्तै अन्य खेलहरु पनि दर्शक बिना खेलाउन पदाधिकारीहरु तयारी गर्दै आएका छन् ।

यसै बीच टेनिसका पदाधिकारीहरु पनि टेनिस फर्काउन हरसम्भव प्रयासरत छन् । उनीहरु पनि दर्शक बिना नै खेल खेलाउने बारेमा सोचबिचार गर्दै छन् । तर टेनिसका बिश्व नम्बर १ खेलाडी नोभाक जोकोभिच भने दर्शक बिना खेल शुरु गर्न नहुने धारण राख्छन् ।

३२ बर्षिय सर्बियन स्टार जोकोभिच दर्शक बिना खेल खेल्ने बारेमा सोच्न पनि नसक्ने बताउछन् । “इमान्दारीताका साथ भन्ने हो भने म सपनामा पनि दर्शक बिना खेल्ने बारेमा सोच्न सक्दिन । तर अहिलेको अवस्था नै फरक हुन गयो । हामीले धेरै कुरा स्विकार्न पर्ने हुन्छ । यदि हामीले टुरलाई निरन्तरता दिने हो भने केहि प्रतिबन्धबीच खेल सञ्चालन गर्न पर्ने हुन्छ,” जोकोभिचले भने ।

“हुन त टेनिस मैलें मेरो लागी मात्र खेल्ने होइन । म मेरो र मेरो परिवारको लागि पनि खेल्छु । मलाई टेनिसले निकै खुशी दिन्छ र खेल्न र अभ्यास गर्न रमाइलो लाग्छ । तर सधैं अभ्यासमा मानिसहरु हुन जरुरी पनि छैन ।”

जोकोभिचले टेनिस यस्तो मञ्च हो जसले खेलाडीहरुलाई यस खेल मन पराउनेसँग जोड्ने गरेको पनि बताए । त्यस्तै टेनिस र दर्शकबीचको तालमेलले खेलमा छुट्टै जादु सृजना गर्ने पनि धारणा राख्छन् जोकोभिच ।

कोरोनाकै कारण विम्बल्डन रद्ध भएको छ भने फ्रेञ्च ओपन र युएस ओपनको पनि केही टुँगो छैन ।

Click to comment

Trending