Corona Virus

ज्लाटन घाइते, लामो समय मैदान बाहिर रहने

Published

on

एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोभिच घाइते भएका छन् । सोमबार क्लबको नियमित प्रशिक्षणका क्रममा ज्लाटन घाइते भएका हुन् ।

इटालियन मिडियाका अनुसार ज्लाटनले कुर्कुच्चाको चोट बोकेका छन् जसले गर्दा उनी लामो समय मैदान बाहिर रहने छन् । अभ्यासका क्रममा दौडंदा उनी घाइते भएको र आफ्नो पिडुला समात्दै हिंडेका थिए ।

विभिन्न संचार मध्यमहरुले यस बारेमा बुझ्न खोज्दा मिलनका कुनै पनि पदाधिकारीहरु सम्पर्कमा आउन नसकेको जनाएका छन् । कतिपय सञ्चार माध्यमहरुले यो चोटपछि ज्लाटनको करिअर अबको समाप्त भएको पनि बताउन थालेका छन् ।

३८ बर्षिय स्विडिस स्टार ज्लाटनले सन् २०१० देखि २०१२ सम्म मिलानमा रहँदै उत्कृस्ट प्रदर्शन गरिसकेका थिए । पछि उनी होजे माउरिन्हो म्यान्चेस्टर युनाइटेडको व्यवस्थापक रहदा ओल्ड ट्राफोर्ड पुगेका थिए ।

कोरोना भाइरसका कारण इटालीमा जारी लकडाउनले स्विडेनमा आफ्नै घरमा लामो समय बिताएका ज्लाटान १५ दिन अघि मात्र सिरी आ शुरु हुने भएपछि इटाली फर्किएका थिए ।

Click to comment

Trending