Headline

जर्जियन टेनिस स्टारलाई पत्नीमाथि हात पात गरेको मुद्दा

Published

on

जर्जियाका टेनिस स्टार निकोलोज बासिलासभिलीमाथि उनकी पुर्व पत्नीले हातपात गरेको आरोपमा मुद्दा दायर गरेकी छिन् ।

पुर्व पत्नी नेका डोरोकास्भिलीले उनीहरुको पाँच बर्षको छोरा अगाडी २८ बर्षिय बासिलासभिलीले आक्रमण गरेको आरोप लगाएकी हुन् । अदालतमा सत्य साबित हुने बताउदै बिश्व बरियतामा २७ औं स्थानमा रहेका बासिलासभिलीले सम्पुर्ण आरोप गलत रहेको बताए ।

आइतबार राजधानी बिलिसीको अदालतले उनलाई ३१ हजार ३ सय डलर बुझाएपछि बेलमा छोडेको थियो । दोषी प्रमाणीत भएको खण्डमा बासिलासभिलीलाई तीन बर्षको जेल सजाय हुनेछ । मुद्दाको प्रारम्भिक सुनुवाई जुलाई १६ का लागि तय गरिएको छ ।

फेसबुकमा आफ्ना फलोअरहरुलाई तपाईको माया र समर्थन म महसुस गर्न सक्छु भन्दै उनले आफू यस बिषयमा केही नबोल्ने पनि बताए । आफ्नो करिअरमा हालसम्म तीन पटक एटिपी उपाधि जितेका बासिलासभिली ग्राण्ड स्ल्याम प्रतियोगिताहरुमा चौथो चरण भन्दा माथि पुग्न सकेका छैनन् ।

उनको अहिले सम्मकै उच्च बिश्व बरियता मे २०१९ मा १६ औं रहेको थियो ।

Click to comment

Trending