Corona Virus

खेलाडी बेचेर आर्थिक अवस्था सुधार्नु पर्ने अवस्थामा बार्सिलोना

Published

on

स्पेनिस ला लिगा क्लब बार्सिलोनाले आफ्नो खराब आर्थिक अवस्था सुधार्न चर्चित खेलाडीहरु बेच्ने तरखरमा लागेको छ ।

अँग्रेजी पत्रिका दि सनका अनुसार बार्सिलोनालाई हिसाब किताब मिलाउन कम्तिमा पनि १ सय ६ मिलियन पाउण्ड आवश्यक रहेका कारण उसले नाम चलेका केहि खेलाडीलाई आगामी सिजन अघि बेच्न लागेको हो ।

पत्रिका अनुसार बार्सिलोना पहिलो चरणमा इभान राकिटिक, फिलिप्पे कोउटिन्हो, स्यामुएल उम्टिटी र औस्माने डेम्बेले जस्ता खेलाडीलाई बेच्ने तयारीमा रहेको छ । त्यस्तै उसले परि आएको खण्डमा लियोनल मेस्सी, आन्द्रे टेर स्टेगेन र फ्रेन्कि डे जोङ्ग बाहेक अन्य खेलाडीलाई पनि बेच्न सक्ने जनाएको छ ।

गत बर्ष बार्सिलोनाले आयाक्सबाट डे जोङ्गलाई र एन्टोइन ग्रिजमनलाई १ सय ७ मिलियन पाउण्डमा एथलेटिको म्याड्रिडबाट अनुबन्ध गरेको थियो । त्यस्तै ग्रिजमनले हप्ताको ३ लाख पाउण्ड तलब खाने भएकाले धेरै रकम खर्च भएको भन्दै उनलाई पनि बेच्न सक्ने छ ।

यसै पनि खराब आर्थिक अवस्था हुने देखिएको बार्सिलोनालाई कोरोना भाइरस का कारण खेल रोकिँदा अझै बढी क्षति पुगेको छ । त्यसैले पनि आगामी सिजन अगाडी आफ्नो योजनामा अटाउन नसकेका खेलाडीलाई बेच्ने सुरसार गरेको हो ।

Click to comment

Trending