Corona Virus

लागुऔषधको आरोपमा श्रीलंकाका बलर शेहन मधुशंका प्रहरी हिरासतमा

Published

on

लागुऔषधको आरोपमा श्रीलंकाका तिब्र गतिका बलर शेहन मधुशंकालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई हिजो आइतबार पन्नालामा दुई ग्राम भन्दा बढी हेरोइन बोकेको अवस्थामा समातिएको प्रहरीले जनाएको छ ।

हेरोइन बोकेको आरोपमा प्रहरीले पक्राउ गरेका २५ मधुशंकालाई दुई हप्ता जेलमा राख्न न्यायीक अधिकारीले स्विकृत दिएका छन् ।

सन् २०१८ बंगलादेश बिरुद्धको आफ्नो डेब्यु एकदिवसीय खेलमा उनले ह्याट्रिक लिएका थिए । उनले बंगलादेश बिरुद्ध नै दुई ट्वान्टी ट्वान्टी खेल खेलेका थिए भने त्यस पछि चोटका कारण श्रीलंका टोलीमा स्थान बनाउन सकेका छैनन् ।

श्रीलंकामा हाल कोरोनाका कारण लकडाउन लगाइएको छ उनले लकडाउन तोड्दै गाडी चलाएका कारण प्रहरीले गाडी रोकेर उनको चेकजांच गरेको थियो ।

Click to comment

Trending