Headline

डी भिलियर्सको सल्लाहमा तेश्रो नम्बरमा ब्याटिंङ गर्न थालें : शकिब अल हसन 

Published

on

बंगलादेशका अलराउण्डर शकिब अल हसनले दक्षिण अफ्रिका पुर्व ब्याट्सम्यान एबी डी भिलियर्सको सल्लाहमा नै तेश्रो नम्बरमा ब्याटिंङ गर्न थालेको खुलाशा गरेका छन् ।
बुकीहरुले म्याच फ़िक्सिङ गर्नका लागि गरेको प्रस्ताब बंगलादेश क्रिकेट बोर्ड र अन्तरास्ट्रिय क्रिकेट परिषदलाई जानकारी नगराएका कारण एक बर्षको प्रतिबन्धमा परेका उनी हाल अमेरिकामा रहेको ससुराली बस्दै आएका छन् । उनको प्रतिबन्ध अक्टोबर २९ मा सकिनेछ ।
शकिबले सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा सम्पन्न एकदिवसीय विश्वकपका क्रममा तेश्रो नम्बरमा ब्याटिंङ गर्दै दुई शतक र पाँच अर्ध शतकको मद्धतमा ६ सय ६ रन प्रहार गरेका थिए । शकिब एकै विश्वकपको संस्करणमा ६ सय भन्दा धेरै रन प्रहार गर्ने सचिन तेन्दुलकर, म्याथ्यु हेडेन र रोहित शर्मा पछि चौथों खेलाडी हुन् । त्यस्तै उनले बलिङ ११ विकेट पनि हात पारेका थिए ।     
त्यस्तै केहि समय अघि विश्वकपमा बंगलादेशी टोलीको कप्तानी गरेका मश्रफी मोर्ताज़ाले पनि सबै टोली शकिबलाई तेश्रो नम्बरमा ब्याटिंङ गर्न पठाउन नहुने भन्दै त्यसको बिरोध गरेता पनि आफुले उनको र उनको क्षमतामा विश्वास गर्दै तेश्रो नम्बरमा ब्याटिंङ गर्न दिएको पनि खुलासा गरेका थिए ।
शकिबले विश्वकप अघि भएको बंगलादेश प्रिमिएर लिगका क्रममा डी भिलियर्ससँग कुरा गरेको र त्यो सामान्य बर्तालाब मात्र रहेको जनाए थियो । तर त्यसै क्रममा डी भिलियर्सले दक्षिण अफ्रिकी टोलीको लागि मध्यक्रममा ब्याटिंङ गर्दै चौथों, पाँचौं र छैठौं नम्बरमा ब्याटिंङ गर्ने गरेको र ७०-८० रन मात्र टोलीको लागि योगदान दिएको तर यदि तेश्रो नम्बरमा ब्याटिंङ गर्न आएको भए त्यो ७०-८० रनलाई १००-१२० मा परिणत गर्न सक्ने र टोलीलाई जीताउन मद्धत गर्न सक्ने धारणा राखेका थिए ।
‘मेरो पनि अवस्था त्यस्तै रहेको थियो । म पनि तल्लो क्रममा ब्याटिंङ गर्न आउँने गरेको थिएँ । उनले मैलें पनि तेश्रो नम्बरमा ब्याटिंङ गर्न आउँदा टोलीलाई धेरै योगदान दिन सक्ने बताए । सुरुवातमा म आफै पनि विश्वकपमा तेश्रो नम्बरमा ब्याटिंङ गर्न हुने नहुनेमा संकोच गर्दै थिएँ । तर मैलें आफैले यसै नम्बरमा ब्याटिंङ गर्ने निर्णय गरें ।’

Click to comment

Trending