Headline

१७ बर्षिय खेलाडीलाई मौका दिदै म्यानचेस्टर युनाइटेड

Published

on

म्यानचेस्टर युनाइटेडले आगामी सिजनमा १७ बर्षिय युवा मिडफिल्डर हान्निबल मेजब्रीलाई पहिलो टोलीबाट नै खेलाउने भएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय संचारमध्यमहरुको रिपोर्टलाई आधार मान्ने हो भने युनाइटेडका म्यानेजर ओले गुनर सोलसायर मेजब्रीलाई युनाइटेडमा मौका दिन चाहन्छन् । मेजब्रीले युनाइटेडको युवा टोलीमा १३ खेल खेलेका छन् भने २६ गोल गरेका छन् ।

गत बर्षमात्र मोनाकोबाट नौं मिलियन पाउण्डमा ओल्ड ट्राफोर्ड आएका मेजब्रीले युवा टोलीमा रहँदा उत्कृष्ट प्रदर्शन गर्दै आफु परिपक्व भएको र माथिल्लो स्तरका लागि तयार रहेको पनि प्रमाण दिइसकेका छन् । क्लबका पदाधिकारीहरु पनि उनी पहिलो टोलीका लागि छिट्टै तयार रहनेमा विश्वस्त छन् ।

युनाइटेडका पदाधिकारीहरुले यसै बर्ष मेजब्रीलाई खेलाउने तयारी गरे पनि पछि स्पोर्टिंङ लिस्बनबाट ब्रुनो फर्नान्डेजलाई ६८ मिलियन पाउण्डमा भित्र्याए पछि यो योजना पछाडी सरेको थियो । युनाइटेडको अण्डर–२३ टोलीबाट यो सिजन एक खेल मात्र खेलेका मेजब्रीले अण्डर–१८ टोलीका लागि एफए युथका चारवटै खेल र प्रतियोगिता खेलेका थिए ।

सोलसायर यस्ता व्यवस्थापक हुन् जो युवा खेलाडीहरुलाई आफ्नो टोलीमा समावेश गर्दै मौका दिन डराउँदैनन् । गत बर्ष सिजनमा पनि उनले युवा खेलाडी मेसन ग्रिनउडलाई युनाइटेडको पहिलो टोलीमा समावेश गराएका कारण पनि फ्रेन्च खेलाडी मेजब्रीले मौका पाउने आंकलन गरिएको थियो ।

Click to comment

Trending