Corona Virus

बलात्कारको आरोपमा प्रिमियर लिगका ठूलै खेलाडी पक्राउ

Published

on

बेलायतमा एक महिलाले प्रिमियर लिगका फुटबल खेलाडीले आफुलाई सामुहिक बलात्कार गरेको आरोप लगाएकी छिन् ।

कानुनी प्रक्रियाका कारण नाम नखुलाइएकी ती महिलाले लकडाउनका समयमा भएको पार्टीका क्रममा उनको मदिरामा लागु औषध मिलाएर बेहोसीको हालतमा बलात्कार गरेको आरोप लगाएकी हुन् ।

बेलायती पत्रिका डेली स्टारका अनुसार ती महिलाले आफुलाई बलात्कार गरेको भोलीपल्ट गएर पुलिसलाई उजुरी गरेकी थिइन् । उनले ती खेलाडी र उनका साथीले भाडामा लिएको घरमा सामुहिक बलात्कार गरेको बताएको डेलीस्टारले लेखेको छ ।

यस बिषयमा पुलिसले ती महिलालाई सोधपुछ गरेको र फोरेन्सिकका कर्मचारी तथा डाक्टरले उनको जांच गरेका थिए । पुलिसले भने यस बिषयमा कुनै प्रतिक्रिया दिएको छैन । आरोपित फुटबल खेलाडीको बारेमा पनि सोधपुछ गरेको नगरेको केहि खुलाएको छैन ।

डेलि स्टारले ओरोपित व्यक्ति ठूलै खेलाडी रहेकोसम्म भने खुलाएको छ । घटनामा पिडित महिलालाई मदिरा दिइएको तर दुई पटक मात्र सेवन गरेको उनले बताएकी छिन् । उनका साथीहरुले मदिरा सेवन गरेपछि उनले निकै अनौठो व्यवहार देखाएको पनि बताएका छन् ।

भोलि पल्ट बिहान उठ्दा महिला त्यही फ्ल्याटमा उठ्दा नग्न अवस्थामा रहेको बताएकी छिन् । उनले आफ्नो खुट्टामा घाँउ देखेको र ती खेलाडी पनि छेउमा नग्न नै रहेको बयान दिएकी छिन् ।

प्रिमियर लिगका खेलाडीलाई बलात्कारको आरोप लागेको यो दोश्रो घटना हो । यस अघि चेल्सीका क्यालम हड्सन–ओडीलाई पनि अघिल्लो आइतबार बलात्कारको आरोपमा पक्राउ परेका थिए । केहि समय जेलमा बिताएका उनी अहिले बेलमा छुटेका छन् भने पुलिसले यस बिषयमा अझै अनुसन्धान गरिरहेको छ ।

Click to comment

Trending