Corona Virus

डिज्नीमा एनबिएको बाकी सिजन सक्काउने योजना

Published

on

अमेरिकाको बास्केटबल लिग एनबिए जुलाईको अन्त्य तिर एउटै भेन्युमा गरिने बिषयमा छलफल शुरु भएको छ । एनबिए कोरोना भाइरसको संक्रमण अमेरिकामा शुरु भएदेखि मार्च ११ मा अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

कोरोना भाइरस महामारीले सबैभन्दा ठूलो क्षति अमेरिकामा गरेको छ । अमेरिकामा ९८ हजारको मृत्यु भइसकेको छ भने त्यहाका स्वास्थ अधिकारीहरुले यसअघि नै २ लाख सम्म मानिसको मृत्यु हुने प्रक्षेपण गर्दै आइरहेका छन् ।

एनबिएलाई अब फ्लोरिडा राज्यको डिज्नी वल्र्ड रिसोर्टमा गर्न सकिने तर्फ लिग कमिसनले छलफल अघि बढाएको छ । डिज्नीको एएसपिए वाइड वल्र्ड अफ स्पोटर््स कम्प्लेक्सलाई सिजनमा बाकी रहेका सम्पूर्ण खेलको लागि आयोजना स्थलको रुपमा प्रयोग गरिने तर्फ योजना अघि सारिएको छ ।

उक्त आयोजना स्थललाई प्रतियोगिता, प्रशिक्षण र खेलाडीहरुको आवासको रुपमा प्रयोग गर्ने आशा गरिएको छ । “हामी नेशनल बास्केटबल प्लेयर्स एशोसिएसन र रिसोर्टसँग कसरी अगाडी बढ्न सकिन्छ भनेर छलफल गरिरहेका छौं,” एनबिएका प्रवक्ता माइक बासले भने ।

एनबिएको नियमित सिजन नै समाप्त हुन बाकी छ भने त्यसपछि अझै प्लेअफ पनि खेलाइनुपर्नेछ । इस्टर्न कन्फेरेन्समा मिल्वाउकी बक्स र वेष्टर्नमा लस एन्जलस लेकर्सले अग्रता कायम गरेका छन् ।

Click to comment

Trending