Corona Virus

पाकिस्तानी क्रिकेटर तौफिक उमरलाई कोरोना भाइरस

Published

on

पाकिस्तानी पुर्व क्रिकेटर तौफिक उमरलाई कोरोना भाइरस संक्रमण भएको छ । अर्जेन्टिनी फुटबलर पाब्लो डिबाला र फ्रान्सका ब्लेज मतुइडीपछि कोरोना भाइरस पोजिटिभ देखिएका खेलाडीहरुमा उनी अर्को ठूलो नाम हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा कोरोना संक्रमण देखिएको भने उमर पहिलो ठूलो नाम हुन् । पाकिस्तानी क्रिकेट टिमका पुर्व ओपनर उमर अहिले आफ्नै घरमा सेल्फ आइसोलेसनमा रहेका छन् । शनिबार राति मात्रै इङ्गलिस प्रिमियर लिगमा दुई जनालाई कोरोना भाइरस संक्रमण भएको रिपोर्ट सार्वजनिक भएको थियो ।

प्रिमियर लिगको सिजन सुचारु गर्नका लागि ठूलो संख्यामा गरिएको कोरोना परिक्षणमा अब कुल ८ जनालाई कोरोना भाइरस देखिएको छ । ती मध्ये एक वाटफोर्डका जमइकन खेलाडी मारियप्पा रहेका छन् ।

सन् २००० मा पाकिस्तानी टिमको महत्वपूर्ण हिस्सा रहेका उमर आफ्नो अन्तिम टेस्ट २०१४ मा न्युजिल्याण्डका लागि खेलेका थिए । उनले पाकिस्तानका लागि ४४ टेस्ट र २२ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।

Click to comment

Trending