Headline

बुन्डेसलिगामा डर्टमन्डको लगातार दोश्रो जित

Published

on

राफेल गरेरो र असरफ हकिमीले गोल गरेपछि बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगामा उल्फ्सबर्गलाई २–० ले पराजित गर्दै शिर्ष स्थानको बायर्न म्युनिखसँग दुरि छोट्याएको छ ।

उल्फ्सबर्गको मैदानमा भएको खेलमा यसअघि साल्केबिरुद्धको खेलका म्यान अफ द म्याच गरेरोले डर्टमन्डलाई ३२ औं मिनेटमा अग्रता दिलाएका थिए । उनले थोर्गन हजार्डको पासमा गोल गरेका थिए । ७८ औं मिनेटमा जेडन साञ्चोको असिस्टमा हकिमीले गोल गर्दै डर्टमण्डलाई स्पष्ट तीन अंक दिलाएका थिए ।

डर्टमन्ड २७ खेलबाट ५७ अंकसहित दोश्रो स्थानमा रहेको छ भने एक खेल कम खेलेको बायर्नको ५८ अंक रहेको छ । बायर्नले शनिबार नै हुने अर्को खेलमा एन्टर्याच्ट फ्रांकफर्टको सामना गर्नेछ ।

अर्को खेलमा तेश्रो स्थानको बायर लेभरकुसनले बोरुसिया मुन्चेनग्ल्याडबाचलाई ३–१ को फराकिलो अन्तरले हरायो । लेभरकुसनका लागि काइ ह्याभर्ट्जले दुई र स्भेन बेन्डरले १ गोल गरेका थिए । लेभरकुसनको २७ खेलबाट ५३ अंक भएको छ । मुन्चेनग्ल्याडबाच ५२ अंकका साथ चौथो स्थानमै कायम रहेको छ ।

शनिबारकै अन्य खेलमा वर्डर ब्रेमनले फ्राइबर्गलाई १–० को झिनो अन्तरले पराजित गर्यो भने होफेन्हाइम र पेडरबर्नले १–१ गोलको बराबरी खेलेका थिए ।

Click to comment

Trending