Corona Virus

ला लिगा संचालन गर्न स्पेनका प्रधानमन्त्रिले दिए स्विकृति

Published

on

कोरोना भाइरसका कारण रोकिएको स्पेनिस ला लिगा जुनबाट शुरु हुने भएको छ ।

स्पेनका प्रधानमन्त्रि पेद्रो सान्चेजले जुन ८ बाट लिग संचालनका लागि हरियो बत्तीको संकेत दिएसँगै ला लिगाको मिति तय भएको हो । ला लिगाका पधादिकारीहरु जुन १२ बाट लिग संचालन गर्ने मनस्थितीमा रहेका थिए । प्रधानमन्त्रिले स्विकृति दिए पछि लिग संचालन गर्न सबै बाटो खुलेको छ ।

ला लिगाका अध्यक्ष हाभियर टेबेजले ला लिगा फर्किन लागेकोमा उत्साहित रहेको प्रतिक्रिया दिए । उनले अब स्वास्थ्य अधिकारीहरुबाट खेल्न स्विकृति लिए पछि प्रतियोगिता सुचारु हुने बताए । त्यस्तै खेल बन्द रंगशालामा संचालन गरिने छ ।

ला लिगा रोकिनु अघि अंक तालिकाको पहिलो स्थानमा रियलको चिरप्रतिद्वन्दि बार्सिलोना दुई अंकले अघि रहेको थियो ।

Click to comment

Trending