Headline

म हिन्दु भएकै कारण अफ्रिदीले मेरो खेल जीवन बर्बाद पार्दिए : कानेरिया 

Published

on

पाकिस्तानका पुर्व लेग स्पिनर दानिश कानेरियाले पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदीले आफु हिन्दु भएको नै कारण आफ्नो खेल जीवन बर्बाद पार्दिएको आरोप लगाएका छन् ।
पाकिस्तानबाट क्रिकेट खेल्ने कानेरिया, उनका मामा अनिल दलपत पछि दोश्रो हिन्दु खेलाडी हुन् । दश बर्षे लामो आफ्नो खेल जीवनमा कानेरियाले सन् २००० देखि २०१० को बीचमा पाकिस्तानको लागि ६१ टेस्ट खेल्दै ३४ दशमलब सात नौं को औसतमा दुई सय ६१ विकेट तथा १८ एकदिवसीय खेलमा १५ विकेट लिएका थिए ।

३९ बर्षिय कानेरियाले जुन प्रकारको व्यहोरा अफ्रिदीले गर्ने गरेका थिए त्यो धार्मिक कारण बाहेक केहि हुन नसक्ने उनको धारणा रहेको थियो ।

गत बर्ष पाकिस्तानी टोलीका पुर्व तिब्र गतिका बलर शोएब अख्तरले पनि कानेरियालाई धर्मको नै कारण पाकिस्तानी टोलीमा राम्रो व्यवहार नगर्ने गरेको बताएका थिए ।

‘उनी जहिले पनि मेरो बिरुद्धमा हुन्थे, चाहे त्यो घरेलु क्रिकेटमा एउटै टोलीबाट खेल्दा होस् या देशका लागि एकदिवसीय खेलमा होस् । जब एक जना व्यक्ति जहाँ र जहिले पनि तपाईंको बिरुद्ध हुन्छ भने धार्मिक बाहेक आरु के कारण हुनसक्छ र ?’ कानेरियाले पाकिस्तान क्रिकेटबाट खेल्दा धार्मिक भेदभाव सहन पर्यो भन्ने प्रश्नको उत्तर दिंदै भने ।
‘अफ्रिदीले कुनै पनि कारण बिना मलाई घरेलु तथा एकदिवसीयमा टोली बाहिर राख्दिने गर्दथे । रास्ट्रिय टोलीमा लगातार स्थान बनाउँदा पनि शुरुवाती ११ मा भने बिरलै मौका पाएँ । उनकै कारण मैलें १८ वटा भन्दा धेरै एकदिवसीय खेल खेल्न पाइन । सायद मैलें पाकिस्तानको लागि त्यो भन्दा धेरै खेल्न सक्थें ।’
‘उनले पाकिस्तानी टोलीका अन्य सदस्यलाई सधैं समर्थन गर्ने गर्दथे । उनले मलाई समर्थन र सहयोग नगर्दा पनि मैलें पाकिस्तानबाट टेस्टमा नै भने पनि धेरै खेल खेल्न पाएँ । म यसमा निकै गर्व गर्छु र भगवानलाई पनि धन्यवाद दिन्छु ।’
त्यस्तै कानेरियाले आफु र अफ्रिदी दुबै लेग स्पिनर भएका कारण पनि आफुलाई सहयोग नगरेको हुन सक्ने पनि धारणा ब्यक्त गरे ।
सन् २००९ मा काउन्टी क्रिकेटमा स्पट फिक्सिंङको आरोपमा प्रतिबन्धमा परेका कानेरियाले पाकिस्तान क्रिकेट बोर्डले पनि उनी माथि धर्मका नै कारण भेदभाब गरेको आरोप लगाए । बोर्डले मोहम्मद आमिर र सलमान बटलाई प्रतिबन्ध पछि पनि सहयोग गरेको तर आफु हिन्दु भएको नै कारण आफुलाई फर्कने मौका नदिएको जनाए ।
कानेरियाले आफु पाकिस्तानबाट खेल्ने समयमा तात्काली कप्तानहरु इन्जमाम उल-हक र युनिस खानले भने राम्रो सहयोग गरेको पनि धारणा व्यक्त गरे । ‘वास्तबमा मलाई इन्जी (इन्जमाम) र युनिसले निकै सहयोग गरे जसका लागी म सधैँ आभारी रहनेछु । इन्जी भाईले सार्वजनिक रुपमा मेरो बारेमा राम्रो प्रतिक्रिया नदिए पनि खेलमा मलाई निकै सहयोग गर्थे ।’

Click to comment

Trending