Headline

इकार्डीलाई ५० मिलियन तिर्न पिएसजी तयार

Published

on

फ्रेञ्च लिग वान बिजेता पेरिस सेन्ट जर्माइन (पिएसजी) ले लोनमा आएका अर्जेन्टाइन स्ट्राइकर माउरो इकार्डीलाई आफ्नो क्लबमा स्थायी रुपमा क्लबमा अनुबन्ध गर्ने इच्छा ब्यक्त गरेको छ ।

सन २०१९–२० सिजनको सेप्टेम्बरमा लोनमा इन्टर मिलानबाट पिएसजी आएका उनले सबै प्रतियोगिता गरेर २८ खेल खेल्दै २० गोल गरेका थिए । इकार्डीलाई आफ्नो क्लबमा अनुबन्ध गराउन पिएसजीले इन्टरलाई ५० मिलियन युरोको प्रस्ताब राखेको छ ।

त्यस बाहेक पिएसजी अर्को १० मिलियन युरो पनि थप्न तयार रहेको छ । तर २७ बर्षिय इकार्डीको लोनको सम्झौता अनुसार यदि उनलाई पिएसजीले किन्न चाहेको अवस्थामा ७० मिलियन इन्टरलाई तिर्न पर्ने भन्ने रहेता पनि लिग वान बिजेता भने त्यो भन्दा कम रकममा क्लबमा राख्न इच्छुक रहेको हो ।

Click to comment

Trending