Headline

जापानी ओसाका बिश्वकै सर्वाधिक कमाउने महिला खेलाडी

Published

on

जापानी टेनिस स्टार नाओमी ओसाका बिश्वकै सर्वाधिक कमाउने महिला खेलाडी बन्न सफल भएकी छिन् । यस क्रमामा ओसाकाले अमेरिकी सेरेना विलियम्सलाई पछाडी पारेकी छिन् ।

फोब्र्स म्यागजिनका अनुसार पछिल्लो एक बर्षमा जितेका प्रतियोगिताहरु र प्रायोजकहरुबाट ३० दशमलव ७ मिलियन पाउण्ड कमाएकी थिइन् । २२ बर्षिया ओसाकाले दुई पटक ग्राण्ड स्ल्याम टेनिस प्रतियोगिता जितिसकेकी छिन् ।

ओसाकाले कमाएको पैसा ३८ बर्षिया विलियम्सले पछिल्लो १२ महिनामा कमाएको भन्दा १ दशमलव १५ मिलियन पाउण्डले बढी हो । यस क्रममा दुवै टेनिस स्टारले रुसी सुन्दरी मारिया सारापोभाले एकै बर्ष कमाएको २४ दशमलव ५ मिलियन पाउण्डको किर्तिमानलाई तोडेका हुन् । टेनिसबाट सन्यास घोषणा गरिसकेकी सारापोभाले २०१५ मा उक्त किर्तिमान कायम गरेकी थिइन् ।

१९९० मा फोब्र्सले महिला खेलाडीहरुको कमाइको तथ्यांक राख्न थालेदेखि टेनिस खेलाडीहरुले यो सुचिमा एक छत्र राज गर्दै आइरहेका छन् । ओसाका फोब्र्सले तयार पारेको सबैभन्दा बढी कमाउने १ सय खेलाडीहरुको सुचिमा २९ औं स्थानमा रहेकी छिन् । २३ पटककी ग्राण्ड स्ल्याम बिजेता विलियम्स ३३ औं स्थानमा रहेकी छिन् ।

सन् २०१८ मा भएको बिवादास्पद युएस ओपन फाइनलमा ओसाकाले विलियम्सलाई पराजित गर्दै पहिलो पटक ग्राण्ड स्ल्याम उपाधि जितेकी थिइन् । उक्त खेलमा विलियम्सलाई अम्पायरले मर्यादा बिपरित कार्य गरेको भन्दै तीन पटक चेतावनी दिएका थिए । ओसाकाले २०१९ मा अष्ट्रेलियन ओपन पनि जितेकी थिइन् तर लगातार लय गुमाउन थालेपछि उनी बिश्व नम्बर १ बाट १० मा झरिसकेकी छिन् ।

बिश्वकको सर्वाधिक कमाउने महिला खेलाडीको सुचिमा सारापोभाले लगातार पाँच बर्ष राज गरेपछि सन् २०१५ पछि विलियम्सले त्यो स्थान लिदै आएकी थिइन् । दुई ग्राण्ड स्ल्याम उपाधि जितेपछि जापानी टेनिस इतिहासकै उत्कृष्ट खेलाडी बनेकी ओसाकालाई जापानले टोकियो ओलम्पिक्स आयोजना गर्ने समयसम्म कैयौं ठूला प्रायोजकले आफ्नो ब्राण्ड एम्बेसेडर बनाउदै आएका छन् ।

बिश्वबिख्यात ब्राण्ड नाइकी, निसान र योनेक्स सहित ओसाकाले अन्य थुप्रै प्रायोजकहरुसँग महँगो सम्झौता गरिसकेकी छिन् । टोकियो ओलम्पिक्स कोरोना भाइरसका कारण २०२१ का लागि सारिएको छ भने अर्को बर्ष पनि हुने नहुने टुँगो लाग्न सकेको छैन ।

Click to comment

Trending