Headline

रियल छाडेर न्युक्यासल जान बेललाई रिभाल्डोको सुझाब

Published

on

बार्सिलोना र ब्राजिलका पुर्व स्टार फरवार्ड रिभाल्डोले वेल्स र रियल म्याड्रिडका स्ट्राइकर गारेथ बेललाई न्युकासल युनाइटेड जान सुझाब दिएका छन् ।

पछिल्लो समय बेल सान्टियागो बर्नाबेयु छाड्ने हल्ला चल्दै आएको थियो । उनको प्रशिक्षक जिनेदिन जिदानसँगको सम्बन्ध राम्रो नरहेको र उनी क्लबको ड्रेसिंङ रुममा पनि अलग रहेने गरेको हल्ला पनि चल्दै आएको छ । त्यस्तै रियल आफैले पनि अघिल्लो सिजन उनलाई बेच्नलाई कोशिस गरेको थियो ।

रिभाल्डोले न्युकासलमा नयाँ मालिक आएसँगै बेलले राम्रो रमकमा स्तान्तरण हुन सक्ने र त्यहाँको नयाँ स्टार बन्न सक्ने भन्दै यो नै उत्तम समय रहेको जनाएका हुन् ।

‘बेललाई एमएलएस क्लबले अनुबन्ध गर्न लागेको र उनी पनि जतिसक्दो चाँडो अमेरिकाजान लागेको हल्ला चलेको छ । तर मेरो बिचारमा उनी अमेरिका जान भन्दा युरोपमा नै बस्न सल्लाह दिन्छु । उनीमा अझै पनि युरोपियन फुटबलमा देखाउन अझै बाँकी छ,’ रिभाल्डोले भने ।

‘सायद अब उनको रियलको खेल जीवन सकिने बेला भएको छ । अब नयाँ सिजन रियलले अन्य खेलाडीलाई अनुबन्ध गरेको खण्डमा उनको शुरुवाती ११ मा पर्ने सम्भावना पनि कठिन बन्दै जानेछ । क्लबसँगको मनमुटाब पछि उनको समबन्ध पनि राम्रो रहेको छैन । त्यसैले पनि उनले रियलको बिकल्प खोज्नु उचित हुन्छ । उनले युरोपमा अझै दुई चार बर्ष खेल्न पर्छ र यसका लागि प्रिमिएर लिग उत्तम छनोट हुनसक्छ ।’

‘न्युकासलमा नयाँ मालिक आएका छन् र उनले धेरै पैसा खर्च गर्दै राम्रो टोली बनाउन तर्फ लाग्नेछन् । त्यसैले न्युक्यासल उनको लागि नयाँ गन्तब्य बन्न सक्छ । त्यहाँ आफ्नो प्रतिभा देखाउँदै स्टार बनिरहन र ठुलो धनराशी पनि जोड्न सक्छन् ।’

३० बर्षिय बेल सन् २०१३ मा त्यस बखतको क्रितिमानी रकम, एक सय दशमलब आठ मिलियन युरोमा रियलसँग आबद्ध भएका थिए ।

Click to comment

Trending