Headline

एन्फाले गर्यो ए डिभिजन लिगको टेक्निकल रिपोर्ट सार्वजनिक

Published

on

कोरोना भाईरस महामारीका बावजुद अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार शहीद स्मारक ए डिभिजन लिगको टेक्निकल रिपोर्ट सार्वजनिक गरेको छ ।

टेक्निकल रिपोर्टमा कुन टोलीले कस्तो फर्मेसनमा खेलेका थिए र उनीहरुले खेललाई कसरी लिए भन्ने बिषयमा सम्पूर्ण जानकारी भएको एन्फाका उपाध्यक्ष उपेन्द्र मान सिंहले बताए । उनले यो एउटा ऐतिहासिक किताब भएको र यसलाई निरन्तरता दिदै जाने पनि बताए ।

“यो हाम्रो पहिलो प्रयास हो । धेरै बहिरी मुलुकमा यसको प्रचलन छ त्यही भएर हामीले यो पटक टेक्निकल रिपोर्ट सर्वजनिक गरेका हौ,” सिंहले भने ।

टेक्निकल रिपोर्ट भनिएको पुस्तक भने लिग सुरु हुने वा लिग सकिएको केही समयमै आउनु पर्ने भए पनि एन्फाले लिग सकिएको झन्डै तीन महिनापछि सार्वजनिक गरेको हो । कार्यक्रममा उपस्थित राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले पत्रकारले फुटबलमा गोल भएको, कार्ड दिएको समय बाहेक अरु टेक्निकल बिषय लेख्ने सल्लाह दिएका थिए ।

महामरीको बिच गरिएको पत्रकार सम्मेलनमा उपस्थितले मास्क लगाएपनि सामाजिक दुरी भने कायम गरिएको थिएन ।

Click to comment

Trending