Corona Virus

मेक्सिकोको क्लबका आठ जना खेलाडीमा कोरोना संक्रमण

Published

on

मेक्सिकोको क्लब फुटबल खेल्ने खेलाडीमा कोरोनाको संक्रमण भेटिएको छ ।

लिगा एमएक्सले आज एक विज्ञप्ति जारी गर्दै क्लब सान्तोस लगुनाका खेलाडीहरुमा गरिएको परिक्षणमा आठ जना खेलाडीमा कोरोना संक्रमण भेटिएको जनाएको हो ।

लिगा एमएक्सले कोरोना पुस्टि भएका खेलाडीहरुको नाम भने सार्वजनिक गरेको छैन भने उनीहरुलाई स्वास्थ्यकर्मीहरु निगरानीमा राखिएको पनि जनाएको छ । त्यस्तै उसले क्लबका अन्य खेलाडीहरुलाई पनि निगरानीमा राखिने जनाएको छ ।

बुधबार मात्र इंग्लिस प्रिमिएर लिगका छ जना खेलाडीमा कोरोना संक्रमण भएको पुस्टि भएको थियो ।

Click to comment

Trending