Headline

प्रिमियर लिगद्वारा न्युकासलको टेकओभर स्विकृत

Published

on

न्युकासल युनाइटेड प्रिमियर लिगकै धनी क्लब बन्दै छ । साउदी अरेबियाका राजकुमार महमद बिन सलमानले हेर्ने गरेको सार्वजनिक लगानी कोष (पिआईएफ) अब एक समयको ठूलो क्लब न्युकासलको मालिक बन्न गइरहेको छ ।

साउदी न्युज रिपोर्टसका अनुसार प्रिमियर लिगले न्युकासल पिआईएफको स्वामित्व अन्तर्गत आउन स्विकृति दिएको छ । राजकुमार महमद बिन सलमान को पिआईएफ र केही ब्रिटिस रियल स्टेट कम्पनीहरुको साझेदारीकाबीच ३०० मिलियन पाउन्ड सेन्ट जेम्स पार्क भित्रन लागेको हो । २०२० को जनवरीबाट सुरु भएको यो प्रकृयामा धेरै समर्थकले खुशी व्यक्त गर्दै आएका छन् ।

केही ब्रिटिस राजनीतिज्ञहरूले साउदी अरेबिया र पाइरेसीको बिषयमा केही समानता देखिएको भन्दै अनुसन्धान गर्न माग गरेका थिए। तर त्यस कदमले प्रिमियर लिगले दिने टेलिभिजन अधिकारलाई असर पार्ने भनेपछि धेरै राजनीतिज्ञहरू पछि सरेका थिए । फोब्र्सका अनुसार अब यो व्यापार सफल भएको छ ।

पिआईएफले न्युकासलको ८० दशमलव ५ प्रतिशत शेयर आफू राख्दै रुबिन ब्रदर्सलाई १० दशमलव ५ र अमाण्डा स्टेभलीलाई १० दशमलव ५ दिने छ भने नयाँ प्रायोजक खोज्ने काम पनि सुरु गरिसकेको छ । पिसिपी क्यापिटल पार्टनर्स एक उद्यम पूंजी कम्पनी हो भने रूबेन ब्रदर्श डेभिड र साइमन भने मुख्य रूपमा सम्पत्ति लगानी क्षेत्रमा लगानी गर्ने कम्पनी हो ।

कानुन र प्रिमियर लिगको नियम सम्मत रुपले क्लबको बिक्री प्रकृया अघि बढाएको खण्डमा यासिर–अल रुमायन क्लबको अध्यक्ष बन्ने छन् । साउदी अरबको उबर र सफ्टबैंकसँग पनि संलग्न रहेका अल–रुमायानले न्युकासलमा अमाण्डा स्टेभली सँगै काम गर्ने बताएको छ ।

“धेरै समय देखी न्युकासल एक व्यक्तिले आफ्नो स्वार्थ अनुरुप चलाएको क्लब थियो तर अब परिवर्तन आउने छ भन्नेमा म आशावादी रहेको छु । नयाँ मालिकले निस्वार्थ क्लबलाई नयाँ उचाइमा पुर्याउने छन् । समर्थकहरुको हैसियतले हामी क्लब सब नयाँ ढँगले अगाडी बढेको हेर्न चाहन्छौ,” न्युकासल फ्यान्स क्लबका अध्यक्ष एलेक्स हस्र्टले केही दिनअघि भनेका थिए ।

Click to comment

Trending