Headline

भारतीय घरेलु क्रिकेटका खेलाडीले कति पैसा कमाउँछन् ?

Published

on

विश्वको सबैभन्दा धनी क्रिकेट बोर्ड हो, भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) । त्यस्तै क्रिकेटका सबैभन्दा धेरै धनी खेलाडीको सुची तयार गर्ने हो भने पनि भारतीय खेलाडीहरुको नै बाहुल्यता हुन्छ ।

भारतीय क्रिकेट खेलाडीहरुलाई बोर्डले सेन्ट्रल कन्ट्रयाक्टमा राख्छ र उसको समुह अनुसार एकमुस्ट रकम दिने गर्दछ । त्यस्तै राष्ट्रिय टोलीका लागि खेल्दा खेलाडीहरुले टेस्ट, एकदिवसीय र ट्वान्टी ट्वान्टीमा क्रमसः १५ लाख, ६ लाख र तीन लाख पाउँछन् ।

भारतको घरेलु क्रिकेट खेल्ने खेलाडीहरुले कति कमाउँछन् त ?

भारतमा तीनवटा रास्ट्रिय क्रिकेट प्रतियोगिता हुने गर्दछ । विजय हजारे ट्रफी, सयेद मुस्ताक अलि ट्रफी र रन्जी ट्रफी, भारतका राष्ट्रिय प्रतियोगिताहरु हुन् । रन्जी ट्रफी चार दिवसीय अर्थात् प्रथम श्रेणीको क्रिकेट हो भने विजय हजारे एकदिवसीय र मुस्ताक अली ट्वान्टी ट्वान्टी प्रतियोगिता हो ।

रन्जी ट्रफी

रन्जी ट्रफी भारतीय क्रिकेटको गहना मान्ने गरिन्छ । सबैभन्दा धेरै पैसा नै यस प्रतियोगिता खेल्ने खेलाडीहरुले कमाउने गर्दछन् ।

यस प्रतियोगिता खेल्ने खेलाडीहरु ज-जसले शुरुवाती ११ मा स्थान बनाउँछ उसले प्रत्येक खेल मार्फत एक लाख ४० हजार भारतीय रुपैयाँ प्राप्त गर्दछन् । त्यस्तै शुरुवाती ११ मा स्थान बनाउन नसक्ने खेलाडीहरुले भने त्यसको आधा अर्थात् ७० हजार भारतीय रुपैयाँ प्राप्त गर्दछन् । त्यस बाहेक सबै खेलाडीले दिनको एक हजार रुपैयाँ दैनिक भत्ता बुझ्ने गर्दछन् ।

रन्जी ट्रफी प्राय दुई महिना सम्म चल्ने गर्दछ । सबै टोलीले समुह चरणमा गरेर कम्तिमा पनि आठ देखि नौं वटा खेल खेल्छन् । सबै गरेर समुह चरण पार गर्न नसक्ने खेलाडीले पनि कम्तीमा १४ लाख भारतीय रुपैयाँ कमाउने गर्दछन् ।


विजय हजारे ट्रफी

५० ओभरमा खेलाइने यस प्रतियोगितामा खेल्ने खेलाडीले प्रत्येक खेल बताप ३५ हजार भारतीय रुपैयाँ प्राप्त गर्दछन् । शुरुवाती ११ मा पर्न असफल खेलाडीले त्यसको आधा, १७ हजार दुई सय ५० भारतीय रुपैयाँ प्राप्त गर्दछन् ।

खेल बापत प्राप्त गर्ने रकम बाहेक खेलाडीहरुले समुह चरणमा एक हजार र नकआउट चरणमा एक हजार पाँच सय दैनिक भत्ता बुझ्ने गर्दछन् ।

विजय हजारे ट्रफी १५ दिन सम्म चल्छ भने एउटा टोलीले समुह चरणमा आठ देखि नौं खेल खेल्छन् । सबै खेलमा शुरुवाती ११ मा पर्ने खेलाडीले यस प्रतियोगिताबाट कम्तिमा पनि तीन लाख ३० हजार भारतीय रुपैयाँ कमाउने गर्दछन् ।

सयेद मुस्ताक अलि ट्रफी
ट्वान्टी ट्वान्टी ढाँचाको यस प्रतियोगिताको समुह चरणमा एक टोलीले छ देखि सात खेल्ने गर्दछन् भने प्रत्येक समुहबाट एक एक टोलीले सुपर-स्टेजमा स्थान सुरक्षित गर्ने गर्दछन् ।

यस ट्रफी अन्तर्गत खेल्ने शुरुवाती ११ का प्रत्येक खेलाडीले एक खेल बापत १७ हजार पाँच सय तथा शुरुवाती ११ मा पर्न असफलले यसको आधा रकम प्राप्त गर्दछन् । यस प्रतियोगितामा पनि प्रत्येक खेलाडीले दैनिक एक हजार भत्ता बुझ्छन् ।

माथि उल्लेख गरिएको बाहेक सबै खेलाडी चाहे शुरुवाती ११ मा पर्न सफल हुन् यस असफल हुन् उनीहरुले परोपकारी कोष मार्फत प्रत्येक खेलका लागि रन्जी ट्रफीमा ६० हजार भारतीय रुपैयाँ, विजय हजारे ट्रफीमा २० हजार भारतीय रुपैयाँ र सयेद मुस्ताक अलि ट्रफीमा सात हजार भारतीय रुपैयाँ बुझ्ने गर्दछन् ।

केहि टोलीले भने सन् २०१६ देखि परोपकारी कोष मार्फत प्राप्त गर्ने म्याच मनीमा कटौती गरिएको छ ।

प्रत्येक खेलाडीले आफुले प्राप्त गर्ने सबै रकमबाट भारतीय सरकारलाई १२ प्रतिशत कर चुक्ता गर्न पर्ने हुन्छ ।

Click to comment

Trending