Headline

चेल्सी गइसकेका कार्लोस किन अन्तै मोडिएका थिए ?

Published

on

रियल म्याड्रिडमा ५२७ खेल खेलेर १३ ट्रफी जित्न सफल ब्राजिलियन स्टार रोबर्टो कार्लोस त्यति बेला ३४ बर्षको हुदा पनि उनीमा अझै केही छ भन्ने सोच्दथे ।

ती मध्ये एक थिए पोर्चुगिज व्यवस्थापक होजे माउरिन्हो । चेल्सीमा रहदाको पहिलो बर्ष नै होजेले कार्लोसलाई भित्र्याउन चाहेका थिए । माउरिन्होसँग त्यो समयकै उत्कृष्ट लेफ्ट ब्याक एस्ली कोल भए पनि उनी कार्लोस चाहन्थे ।

कार्लोस अहिले ४७ बर्षका भईसकेका छन् तर पनि उनी अझै त्यो पल सम्झने गर्छन् जब उनले चेल्सीको सम्झौता पत्रमा हस्ताक्षर गर्न मात्र बाँकी थियो । कार्लोसले भर्खरै अनौठो रुपमै आफू चेल्सी जान कति नजिक रहेको खुलासा गरेका छन् ।

कार्लोसले भनेः “मलाई दुई क्लबले भित्र्याउन चाहेका थिए । एक थियो चेल्सी र अर्को टर्कीको फेनरबा । चेल्सीसँग अन्त्यमा कुरा मिलेन त्यही भएर म फेनरबा तिर लागे ।” उनले थपेः “तर चेल्सीको सम्झौता पत्रमा मैले मात्र हस्ताक्षर गर्न बाँकी थियो म टर्की उड्नु अघि पनि मैले रोमन अब्रामोभिच र पिटर केन्योनलाई भेटेको थिए । तर अन्तिममा कुरा नमिलेकाले म टर्की तिर लागे ।”

२००७ मा टर्की पुगेका कार्लोसले फेनरबाबाट ६५ खेल खेल्दै ६ गोल गरेका थिए । चेल्सीसँगको ट्रान्सफर नजिक पुगेको तीन महिना पनि नबित्दै माउरिन्होलाई उनको पदबाट बर्खास्त गरिएको थियो । टर्कीमा २००९ सम्म बसेका कार्लोस त्यसपछि ब्राजिल त फर्किए तर उनले यो कुरा कतै खोलेका थिएनन् ।

चेल्सीमात्र मात्र इङ्गलिस क्लब थिएन जो कार्लाेसलाई भित्र्याउने चाहना राख्थ्यिो । उनले भनेः “म जब ब्राजिलमा पाल्मेरासबाट खेल्दै थिए तब एस्टन भिल्लाले पनि मलाई प्रस्ताव राखेको थियो । तर पछि उनीहरुले किन्न नसक्ने भएपछि आफै पछि हटे इन्टर मिलन तिर लागे ।”

Click to comment

Trending