Corona Virus

घरबाटै ननिक्लिएका वाटफोर्ड खेलाडीलाई कोरोना

Published

on

इङ्गलिस प्रिमियर लिग क्लब वाट्फोर्डका डिफेण्डर एड्रियन मारियप्पाले क्लबमा कोरोना भाइरस संक्रमण भएका तीन जना मध्ये आफू एक रहेको बताएका छन् ।

मङ्गलबार सिजन शुरु गर्नका लागि प्रशिक्षण गर्नु भन्दा अगाडी इङ्गलिस प्रिमियर लिगले गरेको परिक्षणहरुपछि ६ जनालाई कोरोना भाइरस भएको पुष्टि भएको थियो । वाटफोर्डका अन्य दुई स्टाफ र बर्नलीका सहायनक व्यवस्थापक इयन वोनलाई पनि संक्रमण देखिएको थियो ।

भाइरसको संक्रमणकै डरले चेल्सीका एनगोलो कान्तेले प्रशिक्षण छुट्टाएका छन् । व्यवस्थापक फ्रांक लाम्पार्डले कान्तेलाई घरमै प्रशिक्षण गर्ने अनुमति दिएका थिए । कान्तेजस्तै वाट्फोर्डका कप्तान र क्लबका अन्य केही खेलाडीहरुले पनि घरमै प्रशिक्षण गर्दै आइरहेका छन् ।

कोरोना भाइरस परिक्षण नेगेटिभ आएपनि कान्तेले मङ्गलबार क्लबसँगै प्रशिक्षण शुरु गरेपनि उनलाई पछि छुट्टी दिइएको थियो । मारियप्पाले आफूलाई कोरोना पोजिटिभ देखिदा निकै अचम्ममा परेको बताए । “मेरो लागि यो निकै अनौठो थियो किनभने म त घरबाट निकस्केको पनि थिइन,” ३३ बर्ष मारियप्पाले एक पत्रिकालाई भनेका छन् ।

“केही व्यायाम र बच्चाहरुसँग जिस्कदै कुरा गर्ने बाहेक म त घरमै शान्त दिन बिताइरहेको थिए । मेरो जीवन शैली निकै शान्त छ । न म पार्टी जान्छु न बाहिर मस्ती गर्न, मलाई थाहा छैन कसरी कोरोना देखियो,” सधै जसै फिट रहेको बताएका जमइकन खेलाडीले भने ।

Click to comment

Trending