Corona Virus

लिभरपुलको प्रशिक्षणमा पुनरागमन स्कुलको पहिलो दिन जस्तो

Published

on

लिभरपुल व्यवस्थापक योर्गन क्लोपलाई कोरोना भाइरस संक्रमणपछि टोली प्रशिक्षणमा फर्कदा स्कुलको पहिलो दिन जस्तो लागेको छ ।

जुनमा सिजन सुचारु गर्ने तयारीका साथ प्रिमियर लिग क्लबहरुले प्रशिक्षण थालेका छन् तर यसका लागि भाइरस संक्रमण न्युनिकरणका लागि केही नियमहरु पनि लगाइएको छ । हालको प्रशिक्षणमा खेलाडीहरुले एक अर्कालाई छुन भने पाउने छैनन् ।

कुल ९२ खेल (९ चरण) बाकी रहेको प्रिमियर लिगमा लिभरपुलले उपाधि लगभग उचालिसकेको छ । सन् १९९० मा पछिल्लो पटक उपाधि जितेको लिभरपुलले दोश्रो स्थानको म्यानचेस्टर सिटीसँग २५ अंकको अग्रता बनाएको छ । अब उसलाई दुई खेल जिते उपाधि पक्का हुनेछ ।

लिभरपुलको जितमा मुख्य भुमिका निभाएका व्यवस्थापक क्लोपलाई भने लामो समयको बिश्रामपछि प्रशिक्षणमा फर्कदा अनौठो लागिरहेको छ । “म अन्य दिन भन्दा आज (बुधबार) अझै चाडो उठेको थिए अनि मलाई लाग्यो यो मेरो पहिलो दिन थियो,” क्लोपले भने । “मलाई त स्कुल गएको पहिलो दिन जस्तो लाग्यो । हुन त त्यो ४६ बर्ष अगाडीको कुरा हो तर शायद यस्तै थियो । मैले फेरि आफ्नो पोसाक लगाए, सहि कारणको लागि – प्रशिक्षणमा जान।”

इङ्गल्याण्ड सरकारले लकडाउन केही खुकुलो पारेपछि प्रिमियर लिगका २० वटै क्लब सानो सानो समुहमा प्रशिक्षण गर्न तयार भएका हुन् । लगाइएका नियममध्ये प्रत्येक समुहमा पाँच जना भन्दा बढी खेलाडी हुने छैनन्, हरेक खेलाडी ७५ मिनेट भन्दा बढी प्रशिक्षण गर्न पाउने छैनन र सामाजिक दुरी पनि कायम नै राख्नुपर्नेछ ।

आफ्ना खेलाडीहरुलाई देख्दा निकै खुशी लागेको र उनीहरु निकै राम्रो आत्मबिश्वासका साथ प्रशिक्षणमा आएको र तन्दरुस्त पनि रहेको बताएका थिए । “हामीलाई थाहा छैन हामीसँग कति समय छ । हामीसँग यो सिजन सक्काउन तयारी गर्नका लागि केही समय छ तर यसबीच अर्को सिजन पनि शायद चाडै नै शुरु हुनेछ । यो हाम्रो लागि प्रि सिजन हो, शायद नयाँ सिजनका लागि हामीसँग मैत्रीपूर्ण खेलहरु पनि हुने छैनन्,” क्लोपले भने ।

Click to comment

Trending