Headline

सन्दिपले सार्वजनिक गरे उनको सात्तो खाने ब्याट्स्म्यानको नाम

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले विश्वका सबै ट्वान्टी ट्वान्टी लिगहरु खेलिसकेका छन् ।

सन २०१८ को इन्डियन प्रिमियर लिग (आईपीएल) टोली दिल्ली डेयरडेभिल्स (हालको दिल्ली क्यापिटल्स) मा आबद्ध भए पछि उनले अष्ट्रेलियन बिग व्यास लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग र अबुधबी टि–१० लिग सबै खेलीसकेका छन् ।

सन्दिपको नाम लिए पछि सात्तो जाने ब्याट्सम्यानहरु पनि होलान् । तर सन्दिपले भने एक जना ब्याट्स्म्यानको नाम लिएका छन् जसको बिरुद्ध बलिङ्ग गर्दा उनलाई पनि डर लाग्ने गर्दछ ।

भारतीय कप्तान विराट कोहली, दक्षिण अफ्रिकी ब्याट्स्म्यान एबी डि भिलियर्स, वेष्ट इण्डिजका क्रिस गेल जस्ता ब्याट्सम्यानलाई बलिङ्ग गर्दा पनि उनलाई डर लाग्दैन तर एक यस्ता ब्याट्स्म्यान छन् जसले उनको सात्तो उडाइदिन्छन् ।

सन्दिपले यसको खुलासा दिल्लीको सामाजिक संजालकमा प्रत्यक्ष कुराकानिमा खुलासा गरेका हुन् । र ती हुन् २२ बर्षिय टम ब्यान्टन ।

सन् २०२० सिजनको लागि आईपीएलमा कोलकोता नाइट राईडर्समा आबद्ध भएका ब्यान्टन बिरुद्ध सन्दिपले बिग ब्यास लिगमा बलिङ्ग गरेका थिए । मेलबर्न स्टार्सका स्टार बलर सन्दिपको एकै ओभरमा ब्रिस्बेन हिटका ब्याट्स्म्यान ब्यान्टनले १९ रन बटुलेका थिए । सन्दिपको बलमा उनले लगातार दुई चौका र एक छक्का प्रहार गरेका थिए ।

“मेरो लागि बलिङ्ग गर्न सबैभन्दा कठिन लाग्ने बलर टम ब्यान्टन हुन् । उनी क्रिकेटका नयाँ स्टार हुन् । उनको किताबमा क्रिकेटका सबै सटहरु छन् । उनी स्पिनरलाई मात्र हैन तिब्र गतिका बलरलाई पनि आच्छ्यु–आच्छ्यु पार्न सक्छन्” सन्दिपले भने ।

Click to comment

Trending