Headline

युएफा प्रतिबन्धबिरुद्ध जुनमा अपिल गर्दै म्यानचेस्टर सिटी

Published

on

फाइनान्सियल फेयर प्ले नियम तोडेको आरोपमा युएफाले लगाएको दुई बर्षको प्रतिबन्धबिरुद्ध इङ्गलिस प्रिमियर लिग क्लब म्यानचेस्टर सीटीले जुन ८ मा अपिल गर्ने भएको छ ।

खेलाडी किनबेचमा नियम तोडेको भन्दै युएफाले सिटीलाई युरोपियन प्रतिस्पर्धाहरुमा भाग लिनबाट दुई बर्षको प्रतिबन्ध लगाएको छ । यसका कारण सिटीले न त च्याम्पियन्स लिग खेल्न पाउनेछ न युरोपा लिग नै ।

सिटीले भने आफूले कुनै गल्ती नगरेको र क्लब यो बिषयमा निर्दोष रहेको बताउदै आएको छ । जुनमा हुने सुनुवाई तीन दिनेको हुने छ र सर्वसाधारणले यो सुनुवाई भन्ने सुन्न पाउने छैनन् । धेरै जसो प्रकृया कोरोना भाईरसका करण भिडियो कन्फ्रेन्स मार्फत हुने भएकाले यो सर्वसाधारणलाई उपलब्ध नगराउने कोर्ट अफ अर्बिटे«सन फर स्पोर्टसले जनाएको छ ।

क्लब र युएफाबीच लिखित रुपमा सबै प्रकृया पुरा भईसकेको छ भने अब सिटीले आफ्नो अपिलको सुनुवाई मात्र सुन्न बाँकी रहेको छ । युरोपियन क्लबहरुको आर्थिक विवरण हेर्ने क्लब फाइनान्सियल कन्ट्रोल बडीले पनि सिटी दोषी भएको ठहर गरेको छ ।

बोर्डका अनुसार सिटीले २०१२ देखि २०१६ सम्म प्रायोजकले दिने पैसाको गलत बिवरण पनि दिएको दाबी गरेको छ । तर सिटीले भने उनीहरुलाई लागेको यो आरोप आशचर्यजनक नभइ निराशापूर्ण भएको बाताएको थियो ।

Click to comment

Trending