Corona Virus

प्रिमियर लिग जुनको तेश्रो साता सुचारु गर्ने लक्ष्य

Published

on

६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएपनि इङ्गल्याण्डले जुनको तेश्रो साताबाट इङ्गलिस प्रिमियर लिग सुचारु गर्ने लक्ष्य लिएको छ ।

इङ्गल्याण्ड सरकारको स्टेट फर स्पोटर््सका सचिव ओलिभर दाउडेनले प्रिमियर लिग मध्य जुनबाट शुरु गर्ने लक्ष्य लिएको तर आम जनताको सुरक्षा पहिलो प्राथमिकता रहेको बताएका छन् ।

अन्तिम पटक प्रिमियर लिगका खेल मार्च ९ं मा खेलाइएको थियो । यस सिजन अब ९२ खेल बाँकी रहेका छन् भने प्रिमियर लिग पनि छिटो भन्दा छिटो सिजन सक्काउने धुनमा छ । सोमबार मात्र लिगका ६ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको थियो ।

यससँगै अब प्रिमियर लिग समयमा नै शुरु हनेमा आशंका उब्जिएको छ । संक्रमितमध्ये एक बर्नलीका सहायक व्यववस्थापक इयन वोन रहेको क्लबले पुष्टि गरेको छ । १९ वटा क्लबका ७४८ जना खेलाडी र सहयोगीहरुमा गरिएको परिक्षणपछि ६ जना संक्रमित फेला परेका थिए ।

अब ६ जना नै सात दिनको लागि सेल्फ आइसोलेसनमा बस्ने भएका छन् । प्रिमियर लिगमा ५ सय १२ व्यवसायिक खेलाडीहरु रहे पनि सात सय ४८ जनाको परिक्षण गरिएको हो । कोरोना भाइरसका कारण लिग रोकिनु अघि लिभरपुल अंक तालिकाको शिर्ष स्थानमा रहेको थियो ।

दोश्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा लिभरपुल २५ अंकले अघि रहेको छ भने अब लिग संचालनमा आए पछि दुई खेलमा जीत निकालेको खण्डमा ३० बर्ष पछि पहिलो पटक उसले इङ्गलिस प्रिमियर लिगको उपाधि चुम्ने छ ।

Click to comment

Trending