Corona Virus

कोरोनालाई लक्षित गरेर फिफाले च्यारिटी खेल गराउने

Published

on

विश्व फुटबल महासंघ फिफाले कोरोना भाइरसबाट लड्नका लागि लक्षित गरेर पैसा उठाउने हिसाबले च्यारिटी खेल खेलाउने इच्छा रहेको जनाएको छ ।

फिफाले सोमबार कोरोनाको प्रकोप कम भएर स्वास्थ्यको दृष्टिकोणले खेल खेलाउन मिल्ने वातावरण तयार भए पछि च्यारिट खेल गराउने भएको हो । यस अघि फिफाले कोरोना बिरुद्ध लड्नका लागि आवस्यक पर्ने उपचारका लागि भ्याकसिन बनाउन भनेर १० मिलियन डलर विश्व स्वास्थ्य संगठनलाई सहयोग पनि गरेको जनाएको छ ।

“हामी च्यारिटी खेल आयोजना गर्न प्रतिबद्ध छौं । जब सबै कुरा सामान्य हुन्छ र स्वास्थको दृष्टिकोणबाट खेल आयोजना योग्य हुन्छ त्यस बेला हामी खेल आयोजना गर्नेछौं । त्यसका लागि केहि समय नै किन कुर्न नपरोस,” फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बिज्ञप्तिमा भने ।

विश्वभर फैलिएको कोरोनाका कारण मार्चबाट कुनै खेलकुद गतिबिधि हुन सकेको छैन । जर्मनीमा बुन्डेसलिगा शुरु भएपनि युरोपका अन्य ठूला देशहरु अझै पनि लिगहरुको तयारीमा संघर्ष गरिरहेका छन् । संसारभर कोरोना संक्रमितको संख्या ५० लाख पुग्न लागिसकेको छ भने यसबाट मृत्यु हुनेको संख्या तीन लाख २० हजार नाघिसकेको छ ।

Click to comment

Trending