Corona Virus

इङ्गलिस प्रिमियर लिगमा ६ जनालाई कोरोना भाइरस

Published

on

इङ्गलिस प्रिमियर लिग सुचारु गर्ने तयरी भइरहदा ६ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ ।

१९ वटा क्लबका ७४८ जना खेलाडी र सहयोगीहरुमा गरिएको कोरोना परिक्षणपछि ६ जना संक्रमित फेला परेको प्रिमियर लिगले जनाएको छ । प्रिमियर लिगले एक बिज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो । खेलाडी वा स्टाफमा कोरोना संक्रमण देखिएको नखुलाइएको घटनामा अब ६ जना नै सात दिनको लागि सेल्फ आइसोलेसनमा बस्ने भएका छन् ।

प्रिमियर लिगमा ५ सय १२ व्यवसायिक खेलाडीहरु रहे पनि सात सय ४८ जनाको परिक्षण गरिएको हो । यसको मतलब प्रिमियर लिगमा आबद्द व्यवस्थापन तथा कर्मचारीहरुको साथ साथै अन्य कामदारहरुको पनि परिक्षण भएको हुन सक्ने अन्तरास्ट्रिय समाचार मध्यमहरुले जनाएका छन ।

सोमबार मात्रै प्रिमियर लिगका २० क्लबहरुले जुनको तेश्रो साताबाट मार्च ९ बाट रोकिएको खेल शुरु गर्ने र यस सिजनका ९२ बाँकी खेल सक्काउने निर्णय गरेका थिए ।

3 Comments

Trending