Corona Virus

चेल्सीका क्यालम हड्सन ओडोइ बलात्कारको आरोपमा पक्राउ

Published

on

चेल्सी तथा इङ्ल्यान्डका विङेर क्यालम हड्सन ओडोइलाई बलात्कार तथा क्वारेन्टाइनको नियम टोड्दै बहिर गएको आरोपमा लन्डन पुलिसले पक्राउ गरेको छ।

सोमबार पक्राउ परेका ओडोइले सामाजिक संजाल  इन्स्टाग्रम मार्फत भेटेको मोडल महिलालाई बलात्कार गरेको पनि आरोप लागेको छ। महिलाका अनुसार क्यालमले उनलाई बलात्कार गरेको भन्दै बिहानको ३:३० बजे पुलिस र अयाम्बुलेस दुबैलाई फोन गरेर आफु बस्ने अपार्ट्मेन्टमा बोलाएकी थिइन।

१९ बर्सिय क्यालमलाई पुलिसले घटनास्थलबाट पक्राउ गरी सोधपुछका लागि हिरासतमा लिएको थियो।

उनलाई अहिले धरौटीमा रिहा गराइएको भए पनि प्रहरीका अनुसार उनलाई जुनको दोस्रो हप्ता फेरी उपस्थित हुन आग्रह गरेको बाताएका छन।

यस बिषयमा उनको क्लब चेल्सीले भने आफ्नो टिप्पणी राख्न अस्वीकार गरेको छ।

हड्सन-ओडोइको नाममा इङ्ल्यान्डको तीन क्याप छ भने उनले सेप्टेम्बरमा मात्र चेल्सीसँग पाँच बर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए। उनलाई दुई महिना अघी मार्चमा कोरोना भाईरसको संक्रमण पनि देखिएको थियो।

केही हप्ता अघी मात्र कोरोना मुक्त भएका उनलाई चेल्सीले प्ररीक्षणमा बोलाउने तरखर मिलाउदै थियो। केही रिपोर्टका अनुसार भने ती महिला पनि अर्को ठेगानाबाट ओडोइलाई भेट्न पुगेको थिइन।

1 Comment

Trending