Corona Virus

एडेन हाजार्डलाइ मैदान फर्कन अझै समय लाग्ने

Published

on

गोलीगाँठोको शल्यक्रिया पछि रियल म्याड्रिडका फरवार्ड एडेन हाजार्डले आफ्नो टोली सँगको नियमित प्रशिक्षणमा सहभागि भए पनि खेलमा फर्किनका लागि अझै मिहिनेत गर्न पर्ने जनाएका छन् ।

स्पेनिस ला लिगा अन्तर्गत लेभान्टे बिरुद्धको खेलका क्रममा दाइने फिबुला भांचिए पछि बेल्जियमका स्ट्राइकर हाजार्डले मार्चमा शल्यक्रिया गरेका थिए ।

उनले आफ्नो खुट्टाको शल्यक्रिया अमेरिकामा गराएका थिए । उनको खुट्टाको चोट एनबीएका खेलाडीहरुसँग मेल खाने खालको भएको कारण अमेरिकामा गएर शल्यक्रिया गरेका हुन् ।

‘शल्यक्रिया पछि म मैदानमा आएर आफ्नो टोलीसँग अभ्यास गर्न पाउँदा खुशी छु । करिब दुई महिनाको अन्तरालमा मैदानमा फर्किन पाएको छु, अझै धेरै शारिरिक र बलसँगको अभ्यास गर्न पर्ने हुन्छ । मेरो लक्ष्य भनेको अब शुरु हुने खेल सम्ममा पुर्णरुपमा तयार रहन सकुं भन्ने हो,’ हाजार्डले भने ।

कोरोनाको प्रकोपका कारण हामी फेरी अभ्यास सुचारु गर्न सफल भएका छौ । अभ्यास पनि पहिले भन्दा राम्रो तरिकाले गर्दै छौं । पहिलो हप्ता अलिक अनौठो लागेको थियो । हामीहरुले फेरी सामुहिक अभ्यास गर्न तथा बललाई आक्रमण पनि गर्न पाएका छौं ।’

यसै सिजन चेल्सीबाट सान्टियागो बर्नाबेयु आएका हाजार्ड चोटका कारण खासै धेरै खेल्न सकेका छैनन् । कहिले ह्यामस्ट्रिंग त कहिले पैतालाको चोट, जसका कारण उनले रियलको १५ खेलमा खेल्न सकेका छैनन् ।

‘रियलमा मेरो पहिलो सिजन नराम्रो नै भयो । तर सबै नराम्रो भने भएको छैन । पहिलो सिजन आफु अनुकुल बनाउन चाहन्छु । दोश्रो सिजन मैले मेरो यहाँ आएको बिषयलाई न्याय दिन सक्नु पर्छ । म दोश्रो सिजन राम्रो प्रदर्सन गर्नका लागि अझै मिहिनेत गर्नेछु ।’

Click to comment

Trending