Corona Virus

कम्तिमा पनि जुन १४ अघि सिरी आ नहुने पक्का 

Published

on

इटालियन फुटबल संघले जुन १४ तारिख सम्मका लागि फुटबल गतिबिधि बन्द गर्ने निर्णय गरेको छ । यस अघि जुन १३ बाट सिरी आ संचालन गर्ने जनाए पनि हाल आएर जुन १४ सम्म कुनै फुटबलका गतिबिधि नहुने जनाएको हो ।
संघले एक प्रेस बिज्ञप्ति जारी गर्दै इटाली सरकारले कोरोना रोकथामका लागि जारी गरेको आदेश मान्दै जुन १४ सम्मलाई सबै गतिबिधि बन्द गरेको जनाएको छ । सरकारको आदेश अनुसार सबै खालको खेलकुद बन्द गर्न भनिएको छ ।
गत हप्ता मात्र सिरी आ का पहिलो श्रेणीमा रहेका २० क्लबले मार्च नौं तारिखबाट रोकिएको लिग जतिसक्दो चाँडो संचालनमा ल्याउने संकेत दिएका थिए । तर सरकारको आदेश पछि तत्कालका लागि संचालनमा नआउने भएको छ ।

Click to comment

Trending