Corona Virus

नेयमार भन्दा एमबाप्पे उत्कृस्ट खेलाडी

Published

on

युभेन्टसका डिफेन्डर जर्जियो चिलिनीको नजरमा पेरिस सेन्ट जर्मेनका फरवार्ड किलियन एमबाप्पे आफ्नै टोलीका नेयमार भन्दा पनि उत्कृस्ट खेलाडी रहेको जनाएका छन् ।

२० बर्ष फुटबलमा बिताएका चिलिनीले आफुले पहिलो पटक एम्बाप्पेको खेल हेर्दा नै छक्क परेको पनि जनाएका छन् ।

बास्तबमा चिलिनीलाई २१ बर्षिय एम्बाप्पेले विश्वका सबैभन्दा महँगो फुटबल खेलाडी नेयमारलाई पनि छायाँमा पारेको विश्वास गर्छन् । सन् २०१७ को समरमा बार्सिलोनाबाट ब्राजिलका नेयमारलाई आफ्नो क्लबमा आबद्ध गराउन पीएसजीले दुई सय २२ मिलियन युरो खर्च गरेको थियो ।

‘मेरो बिचारमा एम्बाप्पे ‘नेयमार भन्दा पनि राम्रा र उत्कृस्ट खेलाडी हुन् किन भने उनी आफ्नो खेलमा स्थिर छन्,’ चिलिनीले आफ्नो आत्मकथा ‘लो जर्जियो’ मा लेखेका छन् ।

‘उनी (एम्बाप्पे) साच्चैं नै फरक खालका खेलाडी हुन् । मैलें उनी खेलेको पहिलो पटक सन् २०१६-१७ को म्यानचेस्टर सिटी र मोनाको बीच च्याम्पियन्स लिगको खेल टेलिभिजनमा हेरेंको थिएँ । उनी निकै प्रभावशाली थिए ।’

‘मैलें उक्त खेलको पहिलो हाफको अन्त्यमा युभेन्टसका स्पोर्टिंङ निर्देशक फाबियो पराटिसीलाई सोधेंको थिएँ, यो केटा को हो ? यो कुन ग्रहबाट आएको हो ? र फाबियोले भनेका थिए, अँ मलाई थाहा छ ।हामीले उनका बारेमा लामो समय देखि जानकार छौं ।’

‘उनी त्यस समयमा मात्र १८ बर्षका थिए । तर पनि उनी रोक्न नसकिने स्ट्राइकर थिए । हामीले त्यस सिजनको च्याम्पियन्स लिगमा मोनाकोको सामना सेमीफाइनलमा गरेका थियौं । अहिले उनी मात्र २१ बर्षका भएका छन् तर उनी विश्व बिजेता भैसकेका छन् । उनको आकर्षण, खेल्ने शैली र प्रवृति, उनले केहि पनि छुट़ाउँदैनन् । उनी अनमोल हिरा हुन् ।’

कोरोना भाइरसका कारण लिग वान रद्द भए पछि पीएसजीले उपाधि चुम्दा एम्बाप्पेको भुमिका उत्कृस्ट रह्यो । उनले यस सिजन २० खेलमा १८ गोल गर्दै आफ्नो टोलीलाई उपाधि दिलाउन मुख्य भुमिका मात्र खेलेनन् सिजनको सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने गोल्डेन बुट पनि हात पार्न सफल भए । त्यस्तै एम्बाप्पेले च्याम्पियन्स लिगमा पीएसजीलाई क्वाटरफाइनल सम्म पुर्याउने क्रममा पाँच गोल गरेका छन् भने सात असिस्ट पनि गरेका छन् ।

Click to comment

Trending