Headline

श्रीलंकामा देशकै ठुलो क्रिकेट रंगशाला बन्दै 

Published

on

श्रीलंका सरकार र श्रीलंका क्रिकेट बोर्डको संयुक्त लगानीमा देशको नै सबैभन्दा ठुलो रंगशाला बन्ने भएको छ ।
४० हजार दर्शक क्षमता रहेको नयाँ रंगशाला होमागामामा बन्न लागेको यो रंगशाला गाले, दाम्बुला, कोलम्बो र हामबान्टोटा भन्दा पनि ठुलो हुनेछ । यी रंगशालाहरुमा ३५ हजार दर्शक क्षमताको रहेको छ ।
२६ हेक्टर क्षत्रमा फैलिने नयाँ रंगशाला तीन बर्ष भित्रमा सक्काउने लक्ष्य राखिएको छ । त्यस्तै यो रंगशालामा डे-नाइट खेल खेलाउनका लागि फ्लड लाइटको व्यवस्था पनि गरिने छ । यस रंगशालाको कुल लागत ३० देखि ४० मिलियन डलर लाग्ने अनुमान गरिएको छ ।
श्रीलंकामा बन्न लागेको यो नवौं रंगशाला हो । यस अघि श्रीलंकामा केन्डी, कोलम्बो, गाले, दाम्बुला, हामबान्टोटा, पालेकेली र मोराटुवामा रंगशालाहरु रहेका छन् ।

Click to comment

Trending